दशै तिहार बिदामा बिद्यार्थीका लागि फ्रीडम ट्रेनिङ्ग सेन्टरमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

दशै तिहार बिदामा बिद्यार्थीका लागि फ्रीडम ट्रेनिङ्ग सेन्टरमा  उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
२०८२ कार्तिक ११ गते सोमबार ०३:४९

पोखरा कार्तिक १०/ पोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । १५ दिन सम्म सञ्चालन भएको उक्त उद्घोषण तथा भाषणकला तालिम लिईएका १७ जना बिद्यालय स्तीय बालबालिकाहरुको...

पोखरा कार्तिक १०/ पोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । १५ दिन सम्म सञ्चालन भएको उक्त उद्घोषण तथा भाषणकला तालिम लिईएका १७ जना बिद्यालय स्तीय बालबालिकाहरुको सहभागिता रहेको तालिमका प्रमुख प्रशिक्षक तथा ट्रेनिङ्ग सेन्टरका सञ्चालक बिनोद पाहारीले जानकारी दिनुभयो । समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण तथा तालिम पश्चातको अनुभव र बिभिन्न अवार्डले सम्मान समेत गरिएको थियो ।

दशैँ र तिहारको बेलामा बिद्यालय बिदा हुने हुदा त्यो समयको उपयोग गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको सञ्चालक पाहारीले उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै तालिका प्रमुख प्रशिक्षक तथा ट्रेनिङ्ग सेन्टरका सञ्चालक बिनोद पाहारीले २०७७ सालमा स्थापना भएको सस्थाले शुरुमा निकै चुनौतिको सामना गरे पनि अहिले सहज रुपमा सहभागिहरु सिक्नको लागि आउने गरेको बताउनुभयो ।उहाँले तालिम लिनको लागि सबै उमेर समुहको सहभागिता हुने गरेको उल्लेख गर्नुभयो । उहाँले तालिम दिनको लागि मात्रै नभई ब्यबाहारिक रुपमा समेत पुर्णरुपमा उपयोगि हुने खालको भएको जनाउनुभयो । सञ्चालक पाहारीले तालिममा बढि भन्दा बढि प्रयोगात्मक अभ्यासमा जोड दिइने उल्लेख गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रेडियो अन्नपूर्णमा आबद्ध पत्रकार सबिन रेग्मीले पोखरामा धेरै खालका उद्घोषण तथा भाषणकला तालिम सेन्टर भए पनि फ्रीडम ट्रेनिङ्ग सेन्टर एक उत्कृष्ट उद्घोषण तथा भाषणकला तालिम सेन्टर भएको उल्लेख गर्दै अन्य झुटा प्रचार गर्ने खालका तालिम सेन्टरको पछि नलाग्न आग्रह गरे । तालिममा सिकेको कुरालाई आफ्नो ब्यबाहारिक जिवनमा प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट बिबिसा केसी,आइसा शेरचन,सायान भट्टराई,सिजल पोख्रेल,यानाया रोक्का,प्रसन गुरुङ,सुर्दशन तिमिल्सिना,युनिसा रिजाल,सर्बनि गौतम,रियान पौडेल,सक्षम पोख्रेल,जोन बराल,साइना गुरुङ,अरिजा थिन, एर्ना गुरुङ,आरध्या देबकोटाले आफ्नो अनुभव शेयर गरेका थिए । तालिममा सहभागिहरुले आफ्नो अनुभव शेयर गर्दै तालिम अति उत्कृष्ट भएको बताउनुभएको थियो । फ्रीडम ट्रेनिङ्ग सेन्टरका सञ्चालक बिनोद पाहारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीहरु जोन बराल र बिबिसा केसी गर्नुभएको थियो ।

प्रकाशित मिति २०८२ कार्तिक ११ गते सोमबार ०३:४९
प्रतिक्रिया दिनुहोस्