पोखरा कार्तिक १४/ रोटरी क्लब अफ पोखरा अन्नपूर्णले कास्की जिल्ला अदालतलाई कम्प्युटर प्रदान गरेको छ । जेन्जी आन्दोलनको क्रममा कार्यलयमा क्षेति पुगेको अवस्थामा दैनिक कामकाजमा सहज बनोस भन्ने उद्देश्यले क्लबले शुक्रबार एक थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको क्लबका अध्क्षय सइन्द्रराज श्रेष्ठले जानकारी दिए ।
क्लबका अध्क्षय श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट तथा संयोजक सरोज बराल,पूर्व अध्क्षय सुरेश धुजु, सर्भिस कमिटी चियर तोया बहादुर भट्टराई, कोषाध्क्ष युवराज लामिछाने,सचिव प्रेम भुजेल,कल्बका सदश्यहरु माधवि पाण्डे र प्रिती पाण्डेले संयुक्त रुपमा कास्की जिल्ला अदालतका बरिष्ठ न्यायाधीश हिमलाल बेल्बासेलाइ हस्तान्तरण गरेका हुन् । संकटको बेलामा अदालतलाई आवश्यक पर्ने सामाग्री प्रदान गरेकोमा न्यायाधीश हिमलाल बेल्बासे धन्यवाद ब्यक्त गरे । क्लबका अध्यक्ष सइन्द्रराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम भुजेलले गरेका हुन् । क्लबले यस अगाडि पनि बिपन्न र आवश्यक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।











