आज बालाचतुर्दशी शिवालयहरुमा शतबीज छर्नेको भिड

आज बालाचतुर्दशी शिवालयहरुमा  शतबीज छर्नेको भिड
२०८२ मङ्सिर ४ गते बुधबार ०७:५८

पोखरा मंसिर ३/ आज बालाचतुर्दशी, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । आजका दिन दीपदान र शतबीज छर्ने गरिन्छ । रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै दिवंगत पितृको नाममा शतबीज छर्ने गर्छन्...

पोखरा मंसिर ३/ आज बालाचतुर्दशी, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । आजका दिन दीपदान र शतबीज छर्ने गरिन्छ । रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै दिवंगत पितृको नाममा शतबीज छर्ने गर्छन् ।

हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी मनाउन देशका विभिन्न ठाउँबाट भक्तजन पशुपतिमा आउने गर्छन् । हिजो बेलुकादेखि नै पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लागेको हो । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले आज बिहानै शतबीज छरेका छन् । धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सात प्रकारका अन्न मिसाइएको शतबीज छर्ने चलन छ ।

प्रकाशित मिति २०८२ मङ्सिर ४ गते बुधबार ०७:५८
प्रतिक्रिया दिनुहोस्