कन्या मावि भूतपूर्व बिद्यार्थी संघमा सिता तामाङ

कन्या मावि भूतपूर्व बिद्यार्थी संघमा सिता तामाङ
२०८२ माघ ५ गते आईतबार ०५:०८

पोखरा माघ ४/ कन्या माध्यमिक विद्यालय पोखरा ३ नदिपुरको भूतपूर्व बिद्यार्थी संघमा सिता तामाङचयन हुनुभएको छ । शनिवार भएको नवौँ साधरण सभा एवम् तेस्रो अधिवेशनले तथा भेटघाट कार्यक्रम मार्फत सिता तामाङलाई अध्यक्षयमा सर्बसम्मत चयन गरेको...

पोखरा माघ ४/ कन्या माध्यमिक विद्यालय पोखरा ३ नदिपुरको भूतपूर्व बिद्यार्थी संघमा सिता तामाङचयन हुनुभएको छ । शनिवार भएको नवौँ साधरण सभा एवम् तेस्रो अधिवेशनले तथा भेटघाट कार्यक्रम मार्फत सिता तामाङलाई अध्यक्षयमा सर्बसम्मत चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा बसुधा भट्टराई,सचिवमा इन्द्र भट्टराई,यस्तै कोषाध्यक्षमा बिद्या रेग्मी, सह–सचिवमा कश्मिरा कार्की त्सस्तै सदश्यहरुमा सवि परियार,निला ताम्राकार,सोनी परियार,विष्णु कुमारी गुरुङ,तारा थापा,शारदा पौडेल रश्मी बजिमय चयन हुनुभएको हो । यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाशमान उदाशले स्कुलको विकासको लागि भूतपूर्व विद्यार्थी संघले गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।वडाको तर्फबाट विद्यालयको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कन्या माविका ब्यवस्थापन समितिका अध्क्षय चिरन्जीवी द्धवाले भूतपूर्व बिद्यार्थीलाई बिद्यालयको समितिमा आमन्त्रीत सदश्यको रुपमा राख्ने निणय भएको उल्लेख गर्नुभयो ।

कन्या क्याम्पस ब्यवस्थापन समितिका अध्क्षय शिवलाल मल्लले समय सापेक्ष रोजगारमुलक शिक्षा आजको आवश्कता भएको बताउदै पूर्व बिद्यार्थीहरुको सुझाव सल्लाह आवश्यक रहेको बताउनुभयो । पूर्व शिक्षक तथा बरिष्ट कलाकार प्रकास घिमिरेले बिद्यालयमा ३७ बर्ष पढाएको अनभुव शेयर गर्दैै कन्य माविका भूपू बिद्यार्थीहरु अत्यन्त जागरुप रहेको बिद्यालयमा योगदान महत्वपूर्ण रहेको बताउदै निरन्तरता दिन आग्रह गरे । संघका अध्यक्ष रजनी कोइरालाले आफ्नो कार्यकालमा बिद्यालयमा बिभिन्न सहयोग गदैै आइरहेको बताउनुभयो । उहाँले बिद्यालयमा सचेतना कार्यक्रम,स्वास्थ्य परिक्षण जस्ता काम गरेको बताउदै आफ्नो कार्यकालमा सहयोग पुराउने प्रति आभार ब्यक्त गर्नुभयो । कन्या माविका पूर्व प्रध्यानध्यापक चित्रा कुमारी गुरुङले बिद्यालयको विकासमा भूपू विद्यार्थीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा कन्या माविका प्रध्यानध्यापक प्रेम बहादुर बुढाथोकि,भूपू बिद्यार्थी शारदा पौडेल,काठमाडौँ शाखा अध्यक्ष रश्मी बैद्य लगाएतले बोल्नुभएको थियो । यस्तै कार्यक्रममा बिभिन्न विषयमा योगदान पुराउनेहरुलाई सम्मान गरिएको थियो । संघका उपाध्यक्ष सिता तामाङले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष दिब्यस्वरी भारीले प्रस्तुत गर्नुभएको कोषध्यक्षको प्रतिवेदन र सचिवले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्त पारित भएको थियो । कार्यक्रममा पूर्व बिद्यार्थीहरु लगाएत शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ माघ ५ गते आईतबार ०५:०८
प्रतिक्रिया दिनुहोस्