नेकपा एमाले कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यको उपस्थितिमा पोखरा–२१ मा घरदैलो तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचन परिचालन कमिटीका संयोजक राजेन्द्र थापाको नेतृत्वमा अभियान थप व्यवस्थित र प्रभावकारी बन्दै गएको छ।
अभियानअन्तर्गत रामदि आधारभूत विद्यालय अन्तर्गतको बुथ केन्द्रित निर्वाचन परिचालन कमिटीको कार्यालय जेष्ठ नागरिक हुमबहादुर थापाज्यूले ब्यानरमा हस्ताक्षर गरी विधिवत् उद्घाटन गर्नुभयो। जेष्ठ नागरिकबाट उद्घाटन गरिनुले अभियानमा सम्मान, अनुभव र प्रेरणाको सन्देश प्रवाह भएको सहभागीहरूले बताएका छन्।
घरदैलो कार्यक्रमका क्रममा रामदि, फुर्सेखोला, डुड्खु, बक्रेक, बिर्ता तथा खामपुरका बासिन्दासँग उम्मेदवार रश्मि आचार्यले प्रत्यक्ष अन्तरक्रिया तथा भेटघाट गर्नुभयो। स्थानीय समस्याहरू, पूर्वाधार विकास, शिक्षा, रोजगारी र जनजीविकाका विषयमा खुला छलफल गरिएको थियो।

संयोजक राजेन्द्र थापाले पोखरा–२१ मा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र बुथ केन्द्रित परिचालनलाई प्रभावकारी बनाउँदै अभियानलाई एकताबद्द रूपमा अगाडि बढाइएको बताउनुभयो।
स्थानीयवासीहरूले विकास, स्थायित्व र सक्षम नेतृत्वका लागि सुर्य चिन्हमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस अभियानमा स्थानीय अग्रज तथा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। निवर्तमान केन्द्रीय सदस्य भिम कार्की, प्रदेश कमिटी सदस्य हिरा गिरि, निर्वाचन परिचालन क्षेत्र नं. २ का सचिव झपट रानाभाट, महानगर कमिटी अध्यक्ष जीवन आचार्य, जिल्ला कमिटी सदस्यहरू कृष्ण थापा र रमा आचार्य, महानगर सदस्य वीर गुरुङ, क्षेत्रीय सदस्यहरू नगेन्द्र पोखरेल र राम गुरुङ, उमनाथ सुवेदी, डीएन लामिछाने, पूर्व प्रदेश कमिटी सदस्य तेजनारायण अधिकारी तथा चिरञ्जीवी पोखरेल खगराज आचार्य, दिपक प्रसाद सुवेदी रोशन भट्टराई बिजय पौडेल कुल्दिप आचार्य लगायतका नेताहरू अभियानमा सक्रिय रूपमा सहभागी हुनुभएको थियो।

अन्तरक्रियाका क्रममा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूले स्पष्ट रूपमा आफ्ना भावना राख्नुभयो—
“हामी समय–समयमा यस्तै अन्तरक्रियामा जुट्न चाहन्छौँ। चुनावको बेला मात्र होइन, सधैँ हाम्रो बीचमा आउनुहोस्। गर्न नसक्ने ठूलो आश्वासन होइन, गर्न सक्ने कामको मात्र वाचा गर्नुहोस्।”
यो नै साँचो जनआवाज हो।विश्वास शब्दले होइन, व्यवहारले जितिन्छ भन्ने सन्देश स्थानीयले दिनुभएको छ।











