जीवन विज्ञानका चौधवटा प्रयोगशालाहरुमा प्रशिक्षण

जीवन विज्ञानका चौधवटा प्रयोगशालाहरुमा प्रशिक्षण
२०८२ फाल्गुण ३ गते आईतबार १०:४३

पोखरा माघ ३/ जीवन बिज्ञान पोखरा महानगर समितिको ब्यवस्थापनमा पोखरा महानगर भित्र संचालनमा रहेका जीवन विज्ञानका चौधवटा प्रयोगशालाहरुमा प्रशिक्षण लिई राख्नु भयका जीवन विज्ञानका साधकहरु सहित पोखराका प्रशिक्षक कल्याणमित्रहरुका...

पोखरा माघ ३/ जीवन बिज्ञान पोखरा महानगर समितिको ब्यवस्थापनमा पोखरा महानगर भित्र संचालनमा रहेका जीवन विज्ञानका चौधवटा प्रयोगशालाहरुमा प्रशिक्षण लिई राख्नु भयका जीवन विज्ञानका साधकहरु सहित पोखराका प्रशिक्षक कल्याणमित्रहरुका बिचमा परिचयात्मक र भेटघाट सहितको रमाईलो मित्रमिलन कार्यक्रम मिति २०८२ फागुन २ गते शनिवार पोखरा २० भलाम स्थित तपोभुमी हरिहर गुफामा १६४ जनाको सहभागितामा सम्पन्न भयको छ ।

जीवन विज्ञान गण्डकी प्रदेशका सहसंयोजक नारायण प्रसाद पराजुलीको प्रमुख आतित्यथामा सम्पन्न सो कार्यक्रममा जीवन विज्ञान पोखरा महानगरका पच्चीस जना भन्दा बढि प्रशिक्षक कल्यायमित्रहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जीवन विज्ञान गण्डकी प्रदेशका सहसंयोजक नारायण प्रसाद पराजुलीबाट जीवन विज्ञान मानिसमा शारिरिक र मानसिक स्वस्थताका लागि बिगद १६ बर्षबाट लागि रहेको र गण्डकी प्रदेशमा पनि बिस्तारै फैलदै गएको कुरा राख्दै, यस पोखरा महानगर समितिको ब्यवस्थापनमा आयोजित मित्रमिलन कार्यक्रमले पोखराका साधक एवं प्रशिक्षकहरुलाई आपसि परिचय सहित आत्मियता बढाउन टेवा पुर्यायको भन्दै शारिरिक र मानसिक स्वस्थताका लागि निशुल्क रुपमा पोखरामा संचालन भईरहेका प्रयोगशालामा अरुलाई पनि जोडन सबै उपस्थित महानुभवहरुमा अनुरोध गर्नु भयको थियो ।

जीवन विज्ञानका प्रशिक्षक कल्पना सुबेदीबाट योग र ध्यानको कार्यक्रम संचालन गरि शुरु भयको कार्यक्रममा जीवन विज्ञान पोखराका संयोजक सन्दीप थापाबाट मानिसका सातवटा नकारात्मक कुराहरु आलस्यता, असन्तुष्ठि, अब्यवस्थित जीवनशैली, अपेक्षा, अज्ञान, अस्थिरता र अहंकार हटाउनका लागि जीवन विज्ञानबाट दैनिक रुपमा योग र ध्यानका कार्यक्रमहरु विभिन्न प्रयोगशालाबाट निशुल्क दिदै आयको कुरा राख्नु भयको थियो ।

बिभिन्न खेलका कार्यक्रमहरु सहित सम्पन्न कार्यक्रममा बाल्टिमा बल हाल्ने पुरुष तर्फको खेलको संयोजक राम प्रसाद सुबेदी, बाल्टिमा बल हाल्ने महिला तर्फको संयोजक सुना पुरी, म्युजिकल चियर घुमाई महिला तर्फको संयोजक सारदा लम्साल, म्युजिकल चियर घुमाई पुरुष तर्फको संयोजक सन्दीप थापा, घैटो फुटाई कार्यक्रम संयोजक कल्पना सुबेदी रहनु भयको र सो खेलहरुमा क्रमश रामकृष्ण भण्डारी, सृजना सिग्देल, एलिसा पौडेल, सोबिता बस्नेत कार्की बिजयी हुनुभएको जानकारी पोखरा महानगर समिति संयोजक सन्दीप थापाले दिनुभयो ।

प्रकाशित मिति २०८२ फाल्गुण ३ गते आईतबार १०:४३
प्रतिक्रिया दिनुहोस्