एसइई दिने विद्यार्थीका लागि ‘मोटिभेसनल’ कक्षा

एसइई दिने विद्यार्थीका लागि ‘मोटिभेसनल’ कक्षा
२०८२ फाल्गुण १५ गते शुक्रबार ०५:३६

पोखरा, फागुन १५/ माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को तयारीमा जुटेका विद्यार्थीहरूलाई लक्षित गर्दै एक दिने ‘माइन्डफुलनेस एण्ड मोटिभेसनल’ कक्षा सञ्चालन गरिएको छ। शुक्रवार पोखराको कन्या मा.विमा पोखराकै नदिपुरमा भिसि मार्गमा...

पोखरा, फागुन १५/ माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को तयारीमा जुटेका विद्यार्थीहरूलाई लक्षित गर्दै एक दिने ‘माइन्डफुलनेस एण्ड मोटिभेसनल’ कक्षा सञ्चालन गरिएको छ। शुक्रवार पोखराको कन्या मा.विमा पोखराकै नदिपुरमा भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविको आयोजना तथा पोखरा महानगरपलिका वडा नम्बर ३ को सहकार्यमा कक्षा सञ्चालन गरिएको कार्यक्रम संयोजक एबम् शिक्षक गोविन्द प्रसाद सुवेदीले जानकारी दिए । परीक्षा नजिकिँदै गर्दा विद्यार्थीमा देखिएको तनाव, डर र अन्योलतालाई न्यूनीकरण गर्दै आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य तथा बिद्यालयको सामाजिक उत्तरदायित्तव अन्तरगर्त रहेर कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई अध्ययन गर्ने प्रभावकारी तरिका, समय व्यवस्थापन, उत्तर लेख्ने सीप तथा परीक्षाका बेला अपनाउनुपर्ने मनोवैज्ञानिक तयारीका विषयमा शिक्षाविद् तथा नेतृत्व विकास प्रशिक्षक विकल शेरचनले सहजीकरण गरेका थिए । उनले एसइईलाई जीवनको अन्तिम गन्तव्य नभई एउटा महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गर्दै सकारात्मक सोच र निरन्तर अभ्यासले सफलता सुनिश्चित हुने बताएका थिए।

वडा नम्बर ३ का वडा अध्यक्ष प्रकासमान उदासले सरकारी बिद्यालय प्रति चासो राख्दै बिद्यार्थीहरुको शैक्षिक विकासको लागि कार्यक्रम आवश्यक पर्ने ठानेर सहकार्य गर्दै कार्यक्रम आयोजना गरिएको बताए । नेपाल ओलम्पिक एकेडेमिका अध्क्षय तेज बहादुर गुरुङले सचेतनाको अवधारणा माथि प्रस्तुतिकरण राखेका थिए । उनले माइन्डफुलनेस एण्ड मोटिभेसनल सम्बन्धी अभ्यास पनि गराएका थिए ।

विद्यालयका प्रधानाध्यापक सइन्द्रराज श्रेष्ठले माउन्ट अन्नपूर्ण बिद्यालयको विगत र वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘माइन्डफुलनेस एण्ड मोटिभेसनल’ कक्षा लिनको लागि कन्या मावि,ज्ञानभूमि मावि,बालमन्दिर मावि र नारायणथान गुरुकुलका गरि १५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा माउन्ट अन्नपूर्ण माविका पूर्व अध्यक्ष चिजकाजि गुरुङ,कन्या माविका प्रचार्य प्रेम वुढाथोकी,ज्ञानभूमी माविका प्राचार्य पुरुषोत्तम सापकोटा, बालमन्दिर माविका शिक्षक सुसिल बस्नेत लगायतले बोलेका थिए ।


प्रकाशित मिति २०८२ फाल्गुण १५ गते शुक्रबार ०५:३६
प्रतिक्रिया दिनुहोस्