मुस्ताङमा कांग्रेसका योगेश गौचन वियजी

मुस्ताङमा कांग्रेसका योगेश गौचन वियजी
२०८२ फाल्गुण २२ गते शुक्रबार १२:५१

प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई पराजित गर्दै जित निकालेका हुन् । निर्वाचनको अन्तिम मत परिणामअनुसार गौचनले ३ हजार ३ सय...

प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको छ ।

कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई पराजित गर्दै जित निकालेका हुन् । निर्वाचनको अन्तिम मत परिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६ मत ल्याएका छन् । गौचनले विष्टलाई १ हजार ५ सय १ मतान्तरले हराउँदै स्पष्ट जित हात पारेका हुन् । गौचन यसअघि पनि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाटै निर्वाचित भएका थिए ।

त्यसबेला उनले ३ हजार ९ सय ९६ मत ल्याउँदा एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति २०८२ फाल्गुण २२ गते शुक्रबार १२:५१
प्रतिक्रिया दिनुहोस्