पोखरा, ११ चैत/ स्वर्गीय आरुष सुवेदीको ४५औं दिनको पुण्य तिथिको स्मृतिमा पोखरामा रहेका विपन्न तथा असहाय बालबालिकाहरूलाई खेलकुद सामग्री, शैक्षिक सामग्री ९स्टेशनरी० र खाद्य सामग्री वितरण गरिएको छ।
१० वर्षको कलिलो उमेरमा उपचारका क्रममा गत माघ २५ गते निधन भएका सुवेदीको स्मृतिमा उनको परिवारद्वारा स्थापित आरुष स्मृति सहयोग फाउण्डेसन मार्फत सो सहयोग हस्तान्तरण गरिएको हो।
आरुषकी आमा सपना रेग्मी सुवेदीका अनुसार छोराको सम्झनामा समाजमा रहेका विपन्न, असहाय र बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो।फाउण्डेसनले पोखरा–६, बैदाममा रहेको रेन्वो चिल्ड्रेन होममा आश्रित बालबालिकाहरूलाई सामग्री वितरण गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो जस्मा क्षेत्री समाज नेपालका केन्द्रीय महासचिवस् कृष्ण बहादुर थापा, पृथ्वी यातायात सहकारी संस्थाका सचिव पुष्प राज पौडेल,लायन्स डिस्ट्रिक्ट ३२५ का डिस्ट्रिक्ट संयोजकस् राधिका थापा, यातायात व्यवसायीस् रमेश कुमार श्रेष्ठ, रामचन्द्र गिरी र अनिल थापा, लायन्स क्लब अफ पोखरा गोल्डेन फिस्टेल सिटीका सचिव अर्जुन अर्यालको सहभागिता रहेको थियो।
सहयोग सामग्री ग्रहण गर्दै रेन्वो चिल्ड्रेन होमका सञ्चालक कुसुम ढकालले सहयोगप्रति आभार व्यक्त गर्नुभयो। हाल यस आश्रममा परिवारबाट विमुख भएका ७ महिनादेखि २१ वर्षसम्मका २२ जना बालबालिकाहरू आश्रित छन्।
होमकी मुख्य सञ्चालिका गोमा ढकालले बालबालिकाको शिक्षामा फाउण्डेसनले गरेको सहयोगले ठूलो राहत पुग्ने बताउनुभयो। सहयोग वितरण कार्यक्रममा सुवेदी परिवारका सदस्यहरूका साथै बालबालिका र स्थानीयको उपस्थिति रहेको थियो।












