पोखरा चैत १२/ क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा विहिवार दुर्गा पाञ्चायन पूजा कार्यक्रम –२०८२ सम्पन्न भएको छ ।
क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीले प्रत्येक बर्षको चैत दशैँको अष्टमिका दिन बलि सहितको केन्दीय परिसरमा रहेको दुर्गा पाञ्चायन मन्दिरमा प्रत्येक बर्ष पुजा गर्दै आइरहेको र सोहि अनुसार दुर्गा पाञ्चायन पूजा कार्यक्रम गरिएको हो ।
क्षत्री समाज नेपालको कार्यलय परिसरमा नयाँबजार पोखरामा भएको कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय सदश्य रिप बहादुर थापा,कोषाध्यक्ष शंकरबहादुर केसी,सह कोषध्यक्ष ज्ञान बहादुर कार्की,सचिव शिव बहादुर थापाको सहभागिता रहेको थियो ।
त्यस गरि कार्यक्रममा क्षत्री महिला नेपाल केन्द्रीय अध्यक्ष उर्मिला खड्का,गण्डकी प्रदेश समितिका लेखा समिति संयोजक गणेश बहादुर केसी ,सोहि समिताका सदश्य शेरजङ अधिकारी,मोहन बहादुर अधिकारी क्षत्री समाज नेपाल मादि गाउँपालिका अध्यक्ष राम्जी थापा, क्षत्री समाज नेपाल माछापुच्छ«े गाउँपालिका समिति अध्यक्ष रामचन्द्र ढकाल क्षत्री,जिल्ला समिति कास्कीका उपाध्यक्ष दान बहादुर वस्नेत,मिहला उपाध्यक्ष अचर्ना वस्नेत रोकाहा सहितको तर्फबाट समाज परिसरमा रहेकोे मन्दिरमा दुर्गा पाञ्चायन पूजा भएको केन्द्रीय सदश्य रिप बहादुर थापाले जानकारी दिए ।कार्यक्रममा सहजकर्ताको रुपमा बेला बहादुर थापा सह– सहजकर्ताको रुपमा चेतबहादुर कार्की गरेका थिए ।












