बागलुङमा निषेधाज्ञाको अवधि २४ असारसम्म लम्बियो

बागलुङमा निषेधाज्ञाको अवधि २४ असारसम्म लम्बियो
२०७८ असार १५ गते मङ्गलबार ०४:०९

कोरोनाका सक्रिय संक्रमित २ सय जनाभन्दा कम नभएसम्म निशेधाज्ञा लगाउन पाउने अधिकार प्रयोग गरेर जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञा थप गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसपछि जिल्ला प्रशासन...

कोरोनाका सक्रिय संक्रमित २ सय जनाभन्दा कम नभएसम्म निशेधाज्ञा लगाउन पाउने अधिकार प्रयोग गरेर जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञा थप गरेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसपछि जिल्ला प्रशासन कार्यालय बागलुङले असार २४ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या नघटेकोले निशेधाज्ञा लम्ब्याउनु परेको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगरले बताउनुभयो ।
‘हाल लगाइएका सबै प्रावधान यथावतै राखेर निशेधाज्ञा थपिएको हो’ उहाँले भन्नुभयो, ‘सहज वातावरण नभएसम्म खोल्दा झन् संक्रमण बढ्ने देखियो ।’ अहिले थप भएको समयमा पुरानै सुविधालाई निरन्तरता दिइएको हो ।
बागलुङ नगरपालिकाले बिहानको बजार खुल्ने समय एक घण्टा थप्न सिफरिस गरेपनि जिल्ला कोभिड संकट व्यवस्थापन समिति र प्रशासनले थप्न नचाहेको हो ।
बैंक तथा बित्तिय संस्थाका कर्मचारीले भने बिहान १० देखि २ बजे खोल्नु पाउनु पर्ने माग गरेका थिए । बिहान ९ बजेदेखि १ १२ बजेसम्म खोल्दा खाना खाने समय नमिलेको तथा उपभोक्ता र कर्मचारीमा समस्या परेको उनीहरुको भनाई थियो ।
निशेधाज्ञा अनुसार बैक तथा बित्तिय संस्था दैनिक ९ बजेदेखि देखि १२ बजेसम्म खुल्ने छन् । निजी सवारी साधन जोरबिजोर चल्न पाउने, रेष्टुरेन्टले होम डेलिभरी गर्न पाउने र अन्य व्यापार व्यवसाय पनि बिहान ७ बजेदेखि १२ बजेसम्म खोल्न पाउने व्यवस्था गरेको हो । त्यसरी व्यवसाय गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।
अत्यावस्यक सेवाका यातायातका साधन, खाद्यान्न ढुवानी, पानी, दूध र तरकारीको ढुवानी निर्वाध पाउने छन् । ‘अत्यावस्यक रुपमा यसअघिका सेवा सुचारु हुनेछन् भने वित्तिय संस्था नियमित खोल्ने निणर्य भएको छ’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले भन्नुभयो, ‘भीडभाड हुने सेवालाई भने अझै संचालन गर्न रोक लगाइएको छ ।

प्रकाशित मिति २०७८ असार १५ गते मङ्गलबार ०४:०९
प्रतिक्रिया दिनुहोस्