गलकोटको कायसका बुढाथोकी मृत फेला,

गलकोटको कायसका बुढाथोकी मृत फेला,
२०७८ असार १५ गते मङ्गलबार ०५:२२

गत बिहिबार बिहान सदा जस्तै बिहान घरायसी काम गरी करिब ८ बजेको समयमा घास काट्न खरबारीमा जानुभएृका क्षेत्र बहादुर मृत अबस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ । असार १० गते देखी सम्पर्क बिहिन बन्नुभएका गलकोट नगरपालिका वडा नम्वर...

गत बिहिबार बिहान सदा जस्तै बिहान घरायसी काम गरी करिब ८ बजेको समयमा घास काट्न खरबारीमा जानुभएृका क्षेत्र बहादुर मृत अबस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ । असार १० गते देखी सम्पर्क बिहिन बन्नुभएका गलकोट नगरपालिका वडा नम्वर ६  कायसका स्थानीय क्षेत्र बहादुर बुढाथोकी आज ६ दिन पछि मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको हो ।
गलकोट नगरपालिका वडा नम्वर ६ को घुडेनी भन्दा केही माथी फेला परेको ईलाका प्रहरी कार्यालय गलकोट हरिचौरका प्रहरी निरिक्षक अर्जुन बम मल्लले जानकारी दिनुभयो । उहाँको साथमै हसिया र खुर्पेटो रहेको समेत प्रहरीले जनाएको छ ।

घाँस काट्न बिहिबार विहान घरबाट निस्केपछि सम्पर्क बिहिन बन्नुभएका बुढाथोकीको खोजिमा प्रहरी, जनप्रतिनिधी सहित तालिम प्राप्त कुुकुर समेत परिचालन गरिएको थियो । आज स्थानीयले खोज्दै जादा बुढाथोकी मृत अबस्थामा फेला परेको प्रत्ययक्ष दर्शिले बताएका छन् ।
घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

रेडियो गलकोटबाट साभार

प्रकाशित मिति २०७८ असार १५ गते मङ्गलबार ०५:२२
प्रतिक्रिया दिनुहोस्