ढोरपाटन अस्थाई कोभिड अस्पतालमा आज थपिए ५ जना संक्रमित

ढोरपाटन अस्थाई कोभिड अस्पतालमा आज थपिए ५ जना संक्रमित
२०७८ असार १५ गते मङ्गलबार ०७:५३

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको ढोरपाटन अस्थाई कोभिड अस्पतालमा आजमात्र थप ५ जना नयाँ संक्रमित उपचारका लागि भर्ना भएका छन् । स्वास्थ्य केन्द्रका प्रमुख डा.मिलन मल्लले दिनुभएको जानाकारी अनुसार स्वासप्रस्वासमा...

दोस्रो लहरमा ३३ संक्रमित भर्ना, ३ जनाको मृत्यु,

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको ढोरपाटन अस्थाई कोभिड अस्पतालमा आजमात्र थप ५ जना नयाँ संक्रमित उपचारका लागि भर्ना भएका छन् ।
स्वास्थ्य केन्द्रका प्रमुख डा.मिलन मल्लले दिनुभएको जानाकारी अनुसार स्वासप्रस्वासमा समस्या देखिएका ५ जना आज अस्पतालमा अक्सिजन लगाएर राख्नु पर्ने विरामी भर्ना भएका हुन् । उनीहरुमध्ये ३ जना ढोरपाटन नगरपालिकाका र २ जना बडिगाड गाउँपालिकाका रहेका छन् । आजमात्र एक जना गर्भवती महिला समेत कोभिड संक्रमण भई अस्पतालमा अक्सिजन लगाएर उपचार गराइरहेको डा. मल्लले बताउनुभयो ।
कोभिड अस्पतालमा यस अघि २ जना कोभिडका विरामी भर्नाभई उपचाररत रहेकोमा थपिएका ५ जना सहित अहिले ७ जना उपचाररत रहेको डा. मल्लले बताउनुभयो । पछिल्लो समय तमानखोलामा संक्रमितको संख्या बढेको देखिन्छ । अझैपनि समुदायमा कोरोना संक्रमित हुनेहरु थपिदै क्रम चलिरहँदा सर्वसाधारणले सजगकता अपनाउन मल्लले आग्रह गर्नुभयो । स्वास्थ्य समस्या भई स्वास्थ्य केन्द्रमा आएकाहरुको कोरोना परीक्षण गरिने व्यवस्था गरिएको छ ।
कोरोनाको दोस्रो लहर सुरुभएको ४४÷४५ दिन पुगेको छ । ढोरपाटन नगरपालिकामा हालसम्म २ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म यहाँको कोभिड अस्थाई अस्पतालमा ३३ जनाको अक्सिजन नै लगाएर उपचार गरिएको छ । उपचारका क्रममा ३ जनाको अस्पतालमा मृत्यु भएको छ । उपचार गर्दा समेत गम्भीर अवस्था देखिएका ७ जनालाई अस्पतालले डिस्चार्ज गरेको छ । उपचारपछि निकोहुनेहरुमा १९ वर्ष उमेरदेखि ९७ वर्षका वृद्धसम्म रहेको स्वास्थ्य केनद्र प्रमुख मल्लले जानाकारी दिनुभयो ।
ढोरपाटन अस्थायी कोभिड अस्पतालमा ढोरपाटन नगरपालिकाका २१ जना, निसीखोला गाउँपालिकाका ७ जना, बडिगाड गाउँपालिकाका ४ जना र तमानखोला गाउँपालिकाका १ जना गरि ३३ जनाको अक्सिजन सहित उपचार गरिएको थियो ।

कोभिडको अघिल्लो लहरमा ७५ जनाले अस्पताल भर्ना भई उपचारबाट निको भएर घर फर्किएका थिए । अस्पतालमा अहिलेसम्म दुवै चरणको कोभिड संक्रमण भएका १ सय १३ जना भर्ना भएका छन् । अस्पतालमा अहिले पनि दैनिक एन्जिेन परीक्षण गरिने प्रबन्ध मिलाइएको छ । समुदायमा संक्रमितको संख्यामा कमी नआएपछि, जिल्ला प्रशासन कार्यालय बागलुङले थप ७ दिनलाई निषेशाज्ञा थपिएको छ । आगामी असार २४ गतेसम्म तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति २०७८ असार १५ गते मङ्गलबार ०७:५३
प्रतिक्रिया दिनुहोस्