बागलुङको निसीखोला गाउँपालिका वडा नं. १ का ४९ बर्षिय बुद्धबहादुर गुरुङ पुरुषको शव फेला परेको छ । बुधबार बिहान साँढे १० बजे स्थानीयले पाखुतेमा खोला किनारमा शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।
भेटिएको शवको खोजीपछि मृतक स्थानीय बुद्धबहादुर गुरुङको भएको पत्ता लागेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक जयराम वन्तले जानकारी दिनुभयो । गुरुङ देविस्थान लेवाङको बगाह भन्ने स्थानमा बस्ने व्यक्ति हुन् र उनको विवाह समेत नभएको र घरमा एकल्लै बस्दै आएको स्थानीयले प्रहरी समक्ष जानाकारी दिएका छद्धन् । मृतक गुरुङका चार दाजुभाई र आमा भारतमा रहेको बताइएको छ ।
निसीखोलामा फेला परेको शव प्रहरीले पोष्टमार्टमका लागि बुर्तिवाङ ल्याएको छ । प्रहरी निरीक्षक वन्तका अनुसार मानसिक रुपमा समस्या जस्ता देखिने गुरुङ केही समयदेखि आफूखुसी हिंड्ने गरेको उनका आफन्तले बताएको जानाकारी दिनुभयो । घटनाको विषयमा छानविन समेत भैरहेको प्रहरीले जनाएको छ ।










