संयुक्त विद्यार्थी संगठनले बागलुङमा बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन । जिल्लामा क्रियाशील नेपाल विद्यार्थी संघ अनेरास्ववियु क्रान्तिकारी लगायतका विभिन्न पाँच विद्यार्थी संगठनले बागलुङ बजारको लोकतान्त्रिक चोकमा राष्ट्रपति र प्रधानमन्त्री पुत्ला दहन गरेका हुन ।
सरकारको अधिनायकवादी र स्वेच्छाकारी शासनको विरुद्ध तथा संसद पुनस्थापनाको माग गर्दै संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघ बागलुङका सचिव श्रीकृष्ण पौडेलले जानकारी दिए । ‘सरकारका पछिल्ला गतिविधि संविधान विरोधी भएका छन पौडेलले भने,– ‘संविधानको मर्म भन्दा बाहिर जाने सरकारलाई विद्यार्थी आन्दोलन मार्फत घुँडा टेकाएर छाड्छौं ।’ संयुक्त विद्यार्थी संगठनले राष्ट्रव्यापी नै सहित चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
उनले निशेषधाज्ञाको समयमा कालो बजारी नियन्त्रणमा देखिएको सरकारको उदासिनता पेट्रोलियम पदार्थको मुल्य वृद्धि लगायतको पनि विद्यार्थी संगठनले विरोध गरेको बताए ।
विद्यार्थीहरुले आम नागरिकलाई कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराउनुपर्ने, लकडाउनको अवधिमा विभिन्न शैक्षिक संस्थाले मनपरी ढंगले शुल्क उठाउने शैक्षिक संस्थालाई तत्काल कारबाही गर्नुपर्ने लगायतका माग राख्दै नारा लगाएका थिए ।
विद्यार्थी आन्दोलन मार्फत शिक्षा मन्त्रीले पदको मर्यादालाई समेत ख्याल नगरी संविधान र कानुनलाई चुनौती दिने गरी गरिएको हर्कतका विरोध गर्दै दलित आन्दोलन प्रति ऐक्यवद्धता रहेको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्माले जानकारी दिनुभयो ।
सरकारको विपक्षी गठबन्धनमा रहेका ५ पार्टी नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र– बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनको केन्द्रिय तहदेखि नै संयुक्त प्रदर्शन गर्ने निर्णय बमोजिम बागलुङमा पनि विरोध प्रर्दशन सहित पुत्ला दहन गरेको शर्माले बताउनुभयो ।
आन्दोलन मार्फत विद्यार्थी संगठनहरुले प्रतिगमनको विरुद्ध सामुहिक आवाज बुलन्द गर्ने शैक्षिक बेथिति विरुद्ध संघर्ष गर्न र सामाजिक उत्तरदायित्व पुरा गर्न आम नागरिकलाई आग्रह गरेको नेविसंघ बागलुङका जिल्ला सदस्य मनिष थापाले बताउनुभयो ।
यस्तै विभिन्न दल निकट म्याग्दीका विद्यार्थी संगठनले सरकारले गरेको प्रतिनिधिसभा विघठनविरुद्ध विरेन्द्रचोकमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा एमोल पार्टी (माधव पक्ष) अनेरास्ववियू लगायतले संयुक्त रुपमा सरकारका गलत कदम विरुद्ध सांकेतिक रुपमा विरोध प्रर्दशन गरेका हुन् ।
कोभिड–१९ संक्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाउदै विद्यार्थी संगठनले लगडाउनको समयमा शुल्क लिने नीजि शैक्षिक संस्थालाई कारबाहीको माग, खाद्यान्नमा भएको चर्को मूल्य वृद्धिको नियन्त्रण, जातीय विभेदको संरक्षणकर्ता विभेदकारी शिक्षा मन्त्रीको राजीनामा, असंवैधानीक संसद विघटन खारेज लगायतको माग गर्दै सांकेतिक विरोध कायक्रम गरेको अनेरास्ववियू क्रान्तिकारीका नेता रेशम कटुवालले बताउनुभयो ।










