पोखरा चैत ३०/ मेडिप्लस सामाजिक सुरक्षा कोष फुटसलमा मेडिप्लस डाक्टर टिम च्याम्पियन बन्न सफल भएको छ । पोखराको गणेशटोलस्थित स्पोर्टस क्यासलमा शनिवार आयोजित “मेडिप्लस सामाजिक सुरक्षा कोष फुटसल प्रतियोगिता”मा ११ टिमको सहभागिता रहेको थियो। सुजल डेरी प्रा.लि सगँ फाइनमा खेलेको मेडिप्लस हस्पिटल डाक्टर टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो । विजेता बनेको टोलीले नगद रु २५ हजार ८२ सहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ भने, उपविजेताले बनेको सुजल डेरीले नगद रु २० हजार ८२ सहित प्रमाणपत्र, मेडल र ट्रफी हात पारेको पारेको हो । प्रतियोगितामा व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीको उपाधि मेडिप्लस हस्पिटल डाक्टर टिमका डा निशान पुनले जिते। सर्वाधिक ६ गोल गर्दै सुर्य नेपाल प्रालिका सरोज श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित हुदा,उत्कृष्ट गोलरक्षकको उपाधि मेडिप्लस हस्पिटल डाक्टर टिमका सुशान्त भट्टराईले हात पारे। अनुशासित टिमको रूपमा सुर्य नेपाल प्रा लि, शेराटार, तनहुँ सम्मानित भएका हुन्।
प्रतियोगितामा वरपिपल रिर्सोट, होटल बाराही, अतिथि रिर्सोट, टेम्पल ट्री रिर्सोट, सुजल डेरी प्रा।लि, सुर्य नेपाल प्रा।लि, कर्मचार्य फुड्स, मदरल्याण्ड माध्यमिक विद्यालय, प्रगति माध्यमिक विद्यालय, मेडिप्लस हस्पिटल टिम र मेडिप्लस हस्पिटल डाक्टर टिम गरी ११ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मेडिप्लस हस्पिटलका बजार शाखा प्रमुख शोभाकर पाण्डेले बताए । कार्यक्रमका प्रमुख अतिथि सामाजिक सुरक्षा कोष, पोखरा कार्यालयका प्रमुख डिपि सुन्दर पराजुली रहेका थिए भने अध्यक्षता मेडिप्लस हस्पिटलका अध्यक्ष डा आनन्द भट्टराईले गरेका थिए। कार्यक्रममा मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश बि क, व्यवस्थापक सुरेश राज सुवेदी, लेखा शाखा प्रमुख सुनिल पौडेल, म्याट्रोन सिर्जना सुवेदी, स्टोर शाखा प्रमुख सुनिता पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत रन्जना आलेले गरेकी हुन् ।










