निसीखोला ५ मा वृक्षा रोपन सगैँ पैदलमार्ग सफाई गरियो

निसीखोला ५ मा वृक्षा रोपन सगैँ पैदलमार्ग सफाई गरियो
२०७८ असार १७ गते बिहिबार ०७:३८

बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका ५ मा वृक्षा रोपन सगैँ पैदलमार्ग सफाई गरिएको छ । सौराखर्क सम्पो सामुदायिक वन उपभोक्ता समितिको अगुवाईमा आज १ किलोमिटर पैदल मार्ग सफाई सगैँ करिब २ सय ओटा बकाईनोका विरुवा रोपिएको सौराखर्क सम्पो...

बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका ५ मा वृक्षा रोपन सगैँ पैदलमार्ग सफाई गरिएको छ ।
सौराखर्क सम्पो सामुदायिक वन उपभोक्ता समितिको अगुवाईमा आज १ किलोमिटर पैदल मार्ग सफाई सगैँ करिब २ सय ओटा बकाईनोका विरुवा रोपिएको सौराखर्क सम्पो सामुदायिक वन उपभोक्ता समितिका सचिव पुनिकला बुढाले बताउनुभयो ।
कटुवाल डेरा पैदलमार्ग साघुँरो र अप्ठ्यारो हुदाँ हिड्डुल गर्न असजिलो भएकोले नज श्रमदान मार्फत ८० घरधुरीको सहभागितामा सर–सफाई गरिएको थियो । साथैँ उक्त क्षेत्रमा बोट विरुवा पातलिदैँ गईरहेको हुदाँ बाढी पहिरो जान सक्ने कुरालाई मध्यनजर गरि बाटो छेउँमा नर्सरीबाट करिव ६ हजार बराबरका बकाईनोका विरुवा झिकाई रोपिएको बुढाको भनाई छ ।
वन क्षेत्रमा बोट विरुवा पातलिदैँ जादाँ बाढी पहिरोको डर हुन्छ बुढाले भन्नुयो‘कुनै पनि घटना घटेर सावधानी अपनाउनु भन्दा घटना नघट्दै सावधानी अपनाउनु राम्रो कुरा हो ।’ वडाको कटुवाल डेराको वन क्षेत्र सगैँ सामुदायिक वन क्षेत्र भित्र पर्ने अन्य स्थानहरुमा पनि विभिन्न प्रजातिका विरुवाहरु रोप्ने तयारी भैरहेको समेत उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ असार १७ गते बिहिबार ०७:३८
प्रतिक्रिया दिनुहोस्