बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिकाले वडा न. १ बोङ्गादोभान बजार थप एक हप्तालाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको पालिका स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले बोङ्गादोभानमा ४९ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको भन्दै यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले एक सुचना मार्फत जानकारी गराउनुभएको थियो ।
यहि असार २४ गते राति १२ बजेसम्मको लागि बोङ्गादोभान बजार साथै बैँक तथा बित्तिय संस्था होटल व्यवसाय, उद्योग तथा कलकारखाना एवं सम्पूर्ण पसलहरु पूर्णरुपमा बन्द गर्न तथा गराउन पालिकालले आग्रह गरेको छ । पछिल्लो समय तमानखोला गाउँपालिकामा कोरोना संक्रमितहरु क्रमश बढ्न थालेका छन्।
प्रकाशित मिति २०७८ असार १७ गते बिहिबार ०७:५४