पोखरा बैशाख २७/ काउलेपानी परियार सेवा समाजको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम शनिबार पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा सम्पन्न भएको छ। समाजका अध्यक्ष थमान परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
बरालले एक तले भवनको औपचारिक उद्घाटन गर्दै सामुदायिक एकता र सामाजिक संस्थाको विकासमा यस्ता भवनले महत्वपूर्ण भूमिका खेल्ने बताए।कार्यक्रममा परियार सेवा समाजका केन्द्रीय बिषेश अतिथि मीन बहादुर परियार, उपाध्यक्ष जुम बा परियार, सचिव लाल बा परियार, परियार समाजका अध्यक्ष किसन परियार, परियार सेवा समाजका अध्यक्ष दुर्गा परियार, सचिव अम्मर परियार लगायत विभिन्न गुठी इकाइका अध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको संस्थाका सदश्य गणेश परियारले जानकारी दिए।
२०७२ सालमा निर्माण सुरु गरिएको उक्त भवन २०८३ साल बैशाख २६ गते सम्पन्न भएको हो। भवन निर्माणमा कुल २२ लाख रुपैयाँ लागत लागेको संस्थाले जनाएको छ।कार्यक्रममा संस्थाका उपाध्यक्ष शिवराम परियार, कोषाध्यक्ष सम्झना परियार, सचिव आइते परियार तथा सदस्यहरू गणेश परियार, कविता परियार, कुमार परियार, किरण परियार र चेता बहादुर परियार लगायतको उपस्थिति रहेको थियो।

















