महिला अधिकार र सूचना प्रविधिबारे विचार गोष्ठी सम्पन्न

महिला अधिकार र सूचना प्रविधिबारे विचार गोष्ठी सम्पन्न
२०८३ जेठ २४ गते आईतबार ०१:२२

पोखरा,जेठ २४/ नेकपा एमाले को जनताको बहुदलीय जनवादको विचारलाई समाजमा स्थापित गर्दै वैचारिक, बौद्धिक तथा सामाजिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मदन भण्डारी फाउण्डेशन कास्की महिला विभागको आयोजनामा “महिला...

पोखरा,जेठ २४/ नेकपा एमाले को जनताको बहुदलीय जनवादको विचारलाई समाजमा स्थापित गर्दै वैचारिक, बौद्धिक तथा सामाजिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मदन भण्डारी फाउण्डेशन कास्की महिला विभागको आयोजनामा “महिला अधिकार र वर्तमान परिस्थिति” विषयक विचार गोष्ठी तथा प्रशिक्षण कार्यक्रम पोखरा सुजनाचोकस्थित साइनमन पार्टी प्यालेसमा शनिबार सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता मदन भण्डारी फाउण्डेशन कास्की महिला विभागकी अध्यक्ष हिरा कुमारी गिरीले गर्नुभएको थियो। मन्तव्यका क्रममा उहाँले महिला अधिकारको संरक्षण र प्रवर्द्धनसँगै समाज रूपान्तरणका लागि महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। आधुनिक प्रविधिसँग आफूलाई अद्यावधिक गर्दै सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाले अझ सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि मदन भण्डारी फाउण्डेशनका केन्द्रीय पूर्व सचिव तथा अनेमसंघ केन्द्रीय कमिटीका महासचिव पेम्बा लामाले महिला अधिकार, वर्तमान सामाजिक–राजनीतिक परिस्थिति तथा राष्ट्र निर्माणमा महिलाको भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले समान अवसर, नेतृत्व विकास र सामाजिक चेतनाको विस्तारमार्फत महिलाको सशक्तीकरण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, डा। कपिल अधिकारीले कृत्रिम बुद्धिमत्ता (AI) र एल्गोरिदम (Algorithm) सम्बन्धी समसामयिक सूचना प्रविधिका विषयमा प्रशिक्षण प्रदान गर्दै डिजिटल युगमा प्रविधिको सही प्रयोग र अवसरबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रमको सञ्चालन मदन भण्डारी फाउण्डेशन कास्की महिला विभागकी सचिव तथा अनेमसंघ कास्कीकी निवर्तमान जिल्ला अध्यक्ष गीता विश्वकर्माले गर्नुभएको थियो।

महिला अधिकार, नेतृत्व विकास तथा आधुनिक सूचना प्रविधिबारे सहभागीहरूको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको थियो। कार्यक्रमले नेकपा ९एमाले० को वैचारिक आधारलाई थप सुदृढ बनाउन र समाजमा सकारात्मक चेतना विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

अन्त्यमा, कार्यक्रमको सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण महानुभाव तथा सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ।

प्रकाशित मिति २०८३ जेठ २४ गते आईतबार ०१:२२
प्रतिक्रिया दिनुहोस्