बागलुङमा अझै २ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित

बागलुङमा अझै २ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित
२०७८ असार १८ गते शुक्रबार ०२:५८

बागलुङमा अझै २ सय ८४ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । जस मध्ये ३२ जना जिल्ला स्थित कोभिड अस्पताल तथा आइसोलेशनमा उपचाररत छन भने २ सय ५२ जना होम आइसोलेशनमा रहेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये सबै भन्दा बढि बागलुङ नगरपालिकामा...

बागलुङमा अझै २ सय ८४ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । जस मध्ये ३२ जना जिल्ला स्थित कोभिड अस्पताल तथा आइसोलेशनमा उपचाररत छन भने २ सय ५२ जना होम आइसोलेशनमा रहेका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये सबै भन्दा बढि बागलुङ नगरपालिकामा १ सय १२ जना संक्रमितहरु छन् । यस्तै गलकोट नगरपालिकामा ६० जना, तमानखोला गाउँपालिकामा ५१ जना, बडिगाड गाउँपालिकामा १३ जना, काठेखोला गाउँपालिकामा १० जना र बरेङ गाउँपालिकामा ५ जना छन् । जिल्लाको निसीखोला गाउँपालिकामा ४ जना, जैमिनी नगरपालिकामा ३ जना र अन्य जिल्लाबाट बागलुङमा रही संक्रमित हुने ४ जना गरि कुल २ सय ८४ जनामा कोरोना संक्रमित रहेको जिल्ला कोभिड फोकल पसंन देवप्रकास घिमिरेले जानाकारी दिनुभयो ।

संक्रमितहरु मध्येका ३२ जना जिल्लाका विभिन्न कोभिड अस्पताल र आइसोलेशनमा रहेका छन् । धौलागिरि अस्पतालमा सबैभन्दा धेरै १० जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ५ जना, बरेङ अस्थायी कोभिड अस्पतालमा ५ जना, रातमाटा आइसोलेशन बागलुङमा ३ जना, तमानखोला अस्थाई कोभिड अस्पतालमा ५ जना र निसीखोला अस्थाई कोभिड अस्पतालमा १ जना उपचाररत रहेको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङले दिएको जानाकारी अनुसार बागलुङ जिल्लाका विभिन्न स्थानमा १ सय ८५ कोभिडका विरामी उपचारका लागि बनाइएका वेडहरु छन् । जहाँ अहिले ३२ जनामात्र उपचाररत छन् । गत बैशाख १ गते यता बागलुङमा ३ हजार ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा हालसम्म ३ हजार ७ सय ३३ जना निको भएका छन् ।

कोरोना संक्रमण फैलिएदेखि बागलुङमा २० हजार २ सय ४ जनामा पिसिआर र एन्टिजेन परीक्षण गर्दा, ५ हजार ४० जना संक्रमित भएका छन् । ४ हजार ७ सय २ जना निको भएका छन् । बागलुङका कोरोनाका कारण ५४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति २०७८ असार १८ गते शुक्रबार ०२:५८
प्रतिक्रिया दिनुहोस्