ह्यान्डबल खेलाडि प्रज्वल पौडेललाई बिद्यायद्धारा सम्मान

ह्यान्डबल खेलाडि प्रज्वल पौडेललाई बिद्यायद्धारा सम्मान
२०८३ असार ४ गते बिहिबार ०८:५५

पोखरा, असार ४/ ह्यान्डबल खेलाडि प्रज्वल पौडेल सम्मानित भएका छन् । पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविका छात्र पौडेल बङ्गलादेशमा आयोजना भएको अन्तर्राष्ट्रिय ह्यान्डबल प्रतियोगितामा तेस्रो हुन सफल भएको उपलक्ष्यमा...

पोखरा, असार ४/ ह्यान्डबल खेलाडि प्रज्वल पौडेल सम्मानित भएका छन् । पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविका छात्र पौडेल बङ्गलादेशमा आयोजना भएको अन्तर्राष्ट्रिय ह्यान्डबल प्रतियोगितामा तेस्रो हुन सफल भएको उपलक्ष्यमा उनलाई सम्मान गरिएको हो।

बिद्यालयको कक्षा १२ मा अध्ययनरत पौडल गएको हप्ता बङ्गलादेशमा आयोजना भएको अन्तराष्ट्रिय ह्यान्डबल महासंधको इन्टरनेश्नल ह्यान्डबल फेडेरेशन ट्रफि (आइ एच एफ) अन्तरर्गत उक्त प्रतियोगिता खेल्न गएका थिए ।

प्रतियोगितामा तेस्रो भएका पौडेललाई बिद्यालयले बुधवार एक कार्यक्रमको अयोजना गरि सम्मान तथा बधाई ज्ञापन गरेको बिद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले जानकारी दिए ।

पौडेललाई विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठ, प्रशासक चित्र गुरुङ,एकेडेमिक हेड सेजल बिजुक्छे,खेल शिक्षक एन्जल पुन लगाएतले सम्मान तथा बधाई ब्यक्त गरेका हुन् ।

बधाई कार्यक्रममा बोल्दै पौडेलले प्रतियोगितामा प्राप्त सफलताले आगामी दिनमा अझ मेहनतका साथ खेल क्षेत्रमा अघि बढ्न प्रेरणा मिलेको बताए। उनले स्कुलमा सिकेको खेललाई बिदेशमा गएर खेल्दा खुसि लागेको उल्लेख गरे ।

गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट ,माउंटेनियरिंङ र कम्प्युटर साइन्सको बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ ।

प्रकाशित मिति २०८३ असार ४ गते बिहिबार ०८:५५
प्रतिक्रिया दिनुहोस्