इस्लामिक कल्याणकारी समाज पोखरा–८ को अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध चयन

इस्लामिक कल्याणकारी समाज पोखरा–८ को अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध चयन
२०८३ असोज ३ गते शनिवार १०:१७

पोखरा, असोज ३ — इस्लामिक कल्याणकारी समाज, पोखरा–८ को १३औँ अधिवेशनबाट अब्दुल मालिक मिया अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ। अधिवेशनले नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा मोहम्मद जुनेद...

पोखरा, असोज ३ — इस्लामिक कल्याणकारी समाज, पोखरा–८ को १३औँ अधिवेशनबाट अब्दुल मालिक मिया अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ।
अधिवेशनले नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा मोहम्मद जुनेद मिया, सचिवमा मोहम्मद नईम मिया, सह–सचिवमा निजामुद्दिन मिया, कोषाध्यक्षमा अब्दुल खालिक मिया तथा सह–कोषाध्यक्षमा अरमान अली चयन हुनुभएको छ।

त्यस्तै, सदस्यहरूमा वाहिद अली, मोहम्मद अकरम, समिम मिया, मोहम्मद कासिम र सोयब खान पैठान चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्षसहित कुल ११ जना पदाधिकारी तथा सदस्य रहेका छन्।

अधिवेशनमार्फत निर्विरोध चयन भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ कार्यसमितिले समाजको सामाजिक, धार्मिक तथा कल्याणकारी गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति २०८३ असोज ३ गते शनिवार १०:१७
प्रतिक्रिया दिनुहोस्