जेनन जी आन्दोलनको दिन पोखरामा लुटपाट : ठुलो मात्रामा सुनका गरगहनासहित एक जना पक्राउ

जेनन जी आन्दोलनको दिन पोखरामा लुटपाट : ठुलो मात्रामा सुनका गरगहनासहित एक जना पक्राउ
२०८२ असोज ३ गते शुक्रबार १२:५२

जेन जी आन्दोलन चर्किरहेका बेला सुनका गरगहना लगायतका सामाग्रीहरु लुटपाट गरेको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथेका दुई वटा घरहरुमा लुटपाट गरेको आरोपमा वुटवल उपमहानगरपालिका ९ घर भइ...

जेन जी आन्दोलन चर्किरहेका बेला सुनका गरगहना लगायतका सामाग्रीहरु लुटपाट गरेको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथेका दुई वटा घरहरुमा लुटपाट गरेको आरोपमा वुटवल उपमहानगरपालिका ९ घर भइ हाल पोखरा १४ चाउथेमा बस्दै आएका ३१ वर्षीय मोती गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

अभियुक्त गुरुङले मुलुकमा जेन जी आन्दोलन चर्किरहेका बेला गएको भदौ २४ गते साँझ करिब ७ बजेको समयमा पोखरा १४ चाउथेका दुइ वटा घरमा कोही नभएको मौका छोपी लुटपाट मच्चाएको प्रहरीले आरोप लगाएको छ।

अभियुक्त गुरुङको घरबाट छड्के तिलहरी एक थान, रातो पोतेसहितको माइली तिलहरी दुई थान, रातो गेडी सहितको जन्तर एक थान, मिनिहार एक थान, बाला तीन थान, चन्द्रमा दुई थान, कानमा लगाउने झुम्का दुई थान, कानमा लगाउने बंगाली टप दुई थान, बंगाली औठी एक थान, हेक्सा ब्लेड चार थान, फलामको छिनो एक थान, फलामको रड एक थान, चरेशको थाल दुई थान, तामाको पाला (दियो) चार थान, मोवाइल एक थान, तीन हजार पाँच सय १३ रुपैयाँ, कोरियन पैसा ४६ हजार, मलेसियाको पैसा आरएम चार सय र अमेरिकी एक डलर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

अभियुक्त गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धि कसूरमा १० दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रकाशित मिति २०८२ असोज ३ गते शुक्रबार १२:५२
प्रतिक्रिया दिनुहोस्