लायन्स क्लब अफ बागलुङ सिटीको पदस्थापन सम्पन्र्न, अध्यक्षमा क्षेत्री चयन

लायन्स क्लब अफ बागलुङ सिटीको पदस्थापन सम्पन्र्न, अध्यक्षमा क्षेत्री चयन
२०७८ असार १९ गते शनिवार ०६:११

लायन्स क्लब अफ बागलुङ सिटीको पदस्थापन सम्पन भएको छ । लायन वर्ष २०२१– ०२२ को लागि निर्वाचित पदाधिकारीको बिहीबार पदस्थापन गरिएको हो । वर्ष २०२१ – २०२२ का लागि निर्वाचित पुष्पा क्षेत्रीलाई निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठले पद...

लायन्स क्लब अफ बागलुङ सिटीको पदस्थापन सम्पन भएको छ । लायन वर्ष २०२१– ०२२ को लागि निर्वाचित पदाधिकारीको बिहीबार पदस्थापन गरिएको हो ।
वर्ष २०२१ – २०२२ का लागि निर्वाचित पुष्पा क्षेत्रीलाई निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठले पद हस्तान्त्रण गरेकी थिइन्।क्लबको प्रथम उपाध्यक्षमा सृजना श्रेष्ठ , द्धितीय उपाध्यक्षमा धन कुमारी सुनार र तृतिय उपाध्यक्षमा पुष्पा केसी चयन हुनुभएको छ ।
त्यस्तै क्लवको सचिवमा अम्बिका बस्नेत, र कोषाध्यक्षमा शर्मिला थापा चयन हुनुभएको छ । पदभार ग्रहण गर्दे नवनिर्वाचित अध्यक्ष पुष्पा क्षेत्रीले क्लवलाई सृजनशिल ढंगले अगाडि बढाएर समाजमा पृथक पहिचान दिलाउने बताउनुभएको थियो ।
कार्यक्रममा एमजेएफ एफब्लुजि डिपार्टमेन डिपुटि चिफ पार्वती अधिकारी, डिस्ट्रिक्ट एडभाइजर तथा पूर्वअध्यक्ष कविता बस्नेत, डिस्ट्रिक्ट कमिटि चियर पर्सन विधाता श्रेष्ठ, डिस्ट्रिक्ट कमिटि चियर पर्सन सविता आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्याक्रम संचालन निर्वतमान सचिव पुष्पा केसी र सचिव अम्बिका बस्नेतले गर्नुभएको थियो ।
लायन्स क्लब अफ बागलुङ सिटीले स्थापना कालदेखि नेतृत्व विकास र सामाजिक सेवामा समर्पित भएको र भविष्यमा पनि सामाजिक सेवामा क्रियाशिल हुने डिस्ट्रिक्ट एडभाइजर तथा पूर्वअध्यक्ष कविता बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ असार १९ गते शनिवार ०६:११
प्रतिक्रिया दिनुहोस्