नेपाल शिक्षक महासंघको अन्तरक्रिया कार्यक्रम बुर्तिबाङमा सम्पन्र्न

नेपाल शिक्षक महासंघको अन्तरक्रिया कार्यक्रम बुर्तिबाङमा सम्पन्र्न
२०७८ असार १९ गते शनिवार ०७:४८

शिक्षकका पेशागत र शैक्षिक मागहरु राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेको नेपाल शिक्षक महासंघले आज शनिबार बुर्तिबाङमा अन्तरक्रिया गरेको छ । महासंघले विभिन्न चरणमा देशव्यापी रुपमा ७ सय ५३ ओटै स्थानीय निकायहरुमा विरोध कार्यक्रम...

शिक्षक संगठनहरु एकजुट हुनुपर्ने र सरकारलाई दवाब दिनुपर्नेमा जोड....

शिक्षकका पेशागत र शैक्षिक मागहरु राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेको नेपाल शिक्षक महासंघले आज शनिबार बुर्तिबाङमा अन्तरक्रिया गरेको छ ।
महासंघले विभिन्न चरणमा देशव्यापी रुपमा ७ सय ५३ ओटै स्थानीय निकायहरुमा विरोध कार्यक्रम जारी राखेको छ । यसै सन्दर्भमा आज बाग्लुङ जिल्लाको दोस्रो ब्यापारीक केन्द्र बुर्तिबाङमा यहाँ स्थित राजनितिक दल र पत्रकार सगं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
केहि दिन पहिले नेपाल शिक्षक महासंघले विभिन्न माग सहित स्थानीय पालिकाहरुमा मैनबत्ती बालेर सरकारलाई आँखा देख्न भन्दै प्रतीकात्मक रुपमा विरोध जनाएका थिए । महासंघले असार र साउन महिना भरि सरकार समक्ष आफ्ना मागहरु राख्दै विभिन्न चरणबद्ध देशव्यापी विरोधका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ ।
कार्यक्रममा नेपाल शिक्षक संघ ढोरपाटन नगर समितिका संयोजक नवीन जी.सीले शिक्षकका माग सहित विषयवस्तु माथि प्रकाश पार्नुभएको थियो । नेपाली कांग्रेस ढोरपाटन नगर सभापति शालिकराम शर्मा,नेकपा माओवादी केन्द्र जिल्ला सदस्य चन्द्र अर्याल,राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार गौरिश्वर पाण्डेले नेपाल शिक्षक महासंघले राखेका मागहरु जाहेज रहेको हुदाँ आफ्नो पाटीको पनि ऐकिवद्धता रहेको बताउनुभएको थियो ।
शिक्षकका मागहरु,शिक्षकको लागि मात्र नभई आम शिक्षक,विद्याथी र अभिभावको हितमा रहेको बताउदैँ सबै शिक्षक संगठनहरु एकजुट हुनुपर्ने र सरकारलाई दवाब दिनुपर्नेमा जोड दिनुभएको थियो । अन्तरक्रियामा राजनितिक दलका नेताहरु,पूर्व शिक्षक,शिक्षक शिक्षिका,बुर्तिबाङ स्थित सामुदायिक रेडियो परिवर्त,रेडियो ढोरपाटन र रेडियो बुर्तिबाङबाट पत्रकार लगायतको सहभागिता रहेको थियो ।
नेपाल शिक्षक महासंघ जिल्ला सदस्य हिरालाल पौडेलको अध्यक्षता रहेको उक्त कार्यक्रममा शिक्षक आन्दोलन पहिचालन समितिका सदस्य एवंम अखिल नेपाल शिक्षक संघका सल्लाहकार टिका पुनको स्वागत मन्तब्य र शिक्षक आन्दोलन पहिचालन समितिका सदस्य लोकेन्द्र सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्र्न भएको थियो ।

प्रकाशित मिति २०७८ असार १९ गते शनिवार ०७:४८
प्रतिक्रिया दिनुहोस्