मध्यपहाडीको निर्माण व्यवसायी विरुद्ध युवा आन्दोलित

मध्यपहाडीको निर्माण व्यवसायी विरुद्ध युवा आन्दोलित
२०७८ असार २० गते आईतबार ०५:४४

बागलुङ, २० असार– मध्यपहाडी लोकमार्गमा कालोपत्रेको काम थालेको पाँच बर्ष बितिसक्दा समेत काम सकिनुको साटो सडक बिग्रिएको भन्दै प्रभावित क्षेत्रका सर्वधारणले आन्दोलन थालेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ...

बागलुङ, २० असार– मध्यपहाडी लोकमार्गमा कालोपत्रेको काम थालेको पाँच बर्ष बितिसक्दा समेत काम सकिनुको साटो सडक बिग्रिएको भन्दै प्रभावित क्षेत्रका सर्वधारणले आन्दोलन थालेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ घोडाँबाधे सडकअन्र्तगत २५ किलोमिटर सडक कालोपत्रेको काम शुरु भएर रोकिएपछि युवाहरु आन्दोलित भएका हुन् ।
मध्यपहाडी लोकमार्ग निर्माणको काम पुरा नहुँदा आफुहरुले सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ । सडकको काम समयमै सक्नुपर्ने भन्दै बागलुङ बिहुँका युवाहरु सडकमा निस्किएका हुन् । उनीहरुले सडक कहिले बन्छ ? किन समयमा काम हुँदैन जस्ता प्रश्नहरु लेखिएका प्लेकार्ड शरीर र टाउको टाँसेर सडकमा निस्किएका हुन् ।
बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । तर पटक पटक म्याद थप्दा समेत आयोजना अझै सकिएको छैन ।
म्याद सकिने बेला काम देखाउने र म्याद थप गरेपछि काम नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने युवाहरुको माग छ । युवाहरुको आन्दोलनलाई बिहुँका बयस्क र बृद्धहरुले समेत साथ दिएका छन् ।
केही दिनअघि मात्रै युवाहरु चार दिनभित्र निर्माण व्यवसायीलाई सम्पर्क आउन चेतावनी दिएका थिए । लोकमार्ग कहिल्ै नसुध्रीने अहिले कालोपत्रे गरे जस्तो गरेर निकासा गर्न थालेको भन्दै आन्दोलित भएको बिहुँका युवा दिनेश कंडेलले बताए ।

प्रकाशित मिति २०७८ असार २० गते आईतबार ०५:४४
प्रतिक्रिया दिनुहोस्