नेपाल टेलिभिजन बागलुङ सम्वाददाता किरण आचार्यलाई ढोरपाटन नगरपालिकाद्धारा सम्मान गरिएको छ ।
विगत १८ वर्षयता पबत्रकारितामा क्रियाशील रहनुभएका पत्रकार आचार्यले नगरपालिकाको पर्यटन प्रवद्र्धन, कला संस्कृतिको प्रचार प्रसार र विकास पत्रकारितामा साझेदारि गरि नगरलाई अतुलनीय योगदान पुरयाएको भन्दै नगद र प्रसंसा पत्रले सम्मान गरिएको हो ।
ढोरपाटन नगरपालिकाको नवौं नगरसभाकाबीच पत्रकार आचार्यलाई नगरको विकास, समृद्धि र प्रचार प्रसारमा नेपाल टेलिभिजनद्धारा महतवपूर्ण सहकार्य रहेको र अझै सकरात्मक सहकार्य ररहेस भनी सम्मानित गरिएको नगर प्रमुख देवकुमार नेपालीले बताउनुभयो ।
पत्रकार आचार्यलाई नगरपालिकाले नगद बीस हजार सहित प्रसंसापत्र प्रदान गर्दै, खादा ओढाएर नगर प्रमुख नेपालीले सम्मान गर्नुभएको हो । लामो समय ढोरपाटन लगायत पश्चिम बागलुङका समाचार संकलन र सम्प्रेसण गर्दै आइरहेको बेला नगरपालिकाले आफूलाई सम्मान गरेकोमा पत्रकार आचार्यले ढोरपाटन नगरपालिकाका सबै जनप्रतिनिधि र नगरप्रमुख नेपालीलाई धन्यवाद ज्ञापन गर्नुभयो । ‘यो क्षेत्रमा लामो सहयात्रा गरिरहेको छु । पत्रकारिताको कर्मबाट आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा, आज ढोरपाटन नगरपालिकाले सम्मान दिएर अझै कतृव्यमा लाग्न उत्प्रेरित गरेको भन्दै,’ आचार्यले, यहाँहरुसँग सहकार्य समन्वय भइरहने बताउनुभयो ।










