ताराखोलामा बाढीमा परि एक जना बेपत्ता, केही घर जोखिममा

ताराखोलामा बाढीमा परि एक जना बेपत्ता, केही घर जोखिममा
२०७८ असार २३ गते बुधबार ०८:०४

निरन्तर वर्षाका कारण ताराखोलामा बाढी पहिरोले एक जनालाई बगाएको छ । मंगलबार राति वर्षासँगै आएकाको बाढि र पहिरोले जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की पहिरोमा परि सम्पर्क बिहिन रहेको...

निरन्तर वर्षाका कारण ताराखोलामा बाढी पहिरोले एक जनालाई बगाएको छ । मंगलबार राति वर्षासँगै आएकाको बाढि र पहिरोले जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की पहिरोमा परि सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय

ताराखोलाका प्रहरी प्रमुख सई लक्ष्मण न्यौपानेले जानकारी दिए । बढिले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । जस मध्ये अहिलेसम्म १० वटा जिवित र २७ वटा मृत बाख्रा निकालिएको प्रहरीले जनाएको छ । वर्षाका कारण इदि टोलबाट झरेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले संचालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको छ ।

बाढी संगै खोलामा पानीको बहाब बढेर घुस्मेलि बजार क्षेत्रमा पस्न थालेको स्थानीयको भनाई छ । बजार क्षेत्रका करिब २५ घर परिवारलाई रातिनै सुरक्षित स्थानमा सारिएको छ । उद्दारका लागि इलाका प्रहरी कार्यालय गलकोट बाट  प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप  टोली घटनास्थलमा पुग्दै गरेको बताएको छ ।

प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०८:०४
प्रतिक्रिया दिनुहोस्