बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मियो सबैभन्दा कम तौलको बच्चा

बुर्तिबाङ प्राथमिक स्वास्थ्य  केन्द्रमा जन्मियो सबैभन्दा कम तौलको बच्चा
२०७८ असार २३ गते बुधबार ०५:३४

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निसीखोला कि विरमला विकले सबैभन्दा कम तौलको (१.५) केजीको बच्चा जन्माउनु भएको छ । निसीखोला गाउँपालिका वडा नं. ३ बोहोरागाउँ बस्ने ४० बर्षकी विरमला प्रसुति समस्या भएपछि मंगलबार स्वास्थ्य केन्द्रमा...

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निसीखोला कि विरमला विकले सबैभन्दा कम तौलको (१.५) केजीको बच्चा जन्माउनु भएको छ ।

निसीखोला गाउँपालिका वडा नं. ३ बोहोरागाउँ बस्ने ४० बर्षकी विरमला प्रसुति समस्या भएपछि मंगलबार स्वास्थ्य केन्द्रमा भर्ना हुनुभएको थियो । उहाँले रातिनै कम तौल भएको बच्चा जन्माउनुभएको स्वास्थ्य केन्द्र बुर्तिबाङले जनाएको छ । विरमलाको यो चौथो बच्चा हो ।

भर्खर जन्मने बच्चाको सामान्य तौल (२.५ देखि २) केजीसम्म हुने गरेको स्वास्थ्य केन्द्रका डा.अनिल केसीको भनाई छ । ‘डेड केजी तौल भएको बच्चा जन्मनु आफैमा अत्यन्त ठूलो समस्या हुन्छ । तर स्वास्थ्य केन्द्रमा यो पहिलो केस होला सबै भन्दा कम तौलको बच्चा जन्मेको छ ।’ डा. केसीले भन्नुभयो, ‘यस अघि सबैभन्दा बढी तौल भएको ढोरपाटन नगरपालिका वडा नं. ४ कि कमला विकले (४.७) केजीको बच्चा जन्माउनु भएको थियो ।  कम तौल भएको बच्चा विरमलाले जन्माउनुभएको छ ।

स्वास्थ्य केन्द्रमा प्रसुति सल्यक्रिया सेवाबाट ढोरपाटनकी कमलाले सबैभन्दा बढि तौल भएको को बच्चा जन्माउनुभएको रेकर्ड छ । योसँगै कम तौल जन्मेको रेकर्ड समेत रहने डा. केसीले बताउनुभयो । निसीखोलाकी विरमलाले भने सामान्य अवस्थामा बच्चा जन्माउनुभए थियो । बच्चा जन्मनु पर्ने समयभन्दा अनुमानित १ महिना अघि उक्त कम तौल भएको बच्चा जन्मेको छ । बच्चा र आमाको स्वास्थ्य अवस्था समेत सामान्य रहेको डा. केसीले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवामा खटिएका स्वास्थ्यकर्मीहरुको सक्रिय सेवाका कारण अन्य रोगका विरामीहरु जस्तो प्रसुति समस्यामा रिफर नहुनेगरेको उहाँले बताउनुभयो ।

ढोरपाटन पोष्टबाट

प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०५:३४
प्रतिक्रिया दिनुहोस्