ताराखोलाका कँडेल परिवारलाई २ लाख ५० हजार राहत प्रदान

ताराखोलाका कँडेल परिवारलाई  २ लाख ५० हजार राहत प्रदान
२०७८ असार २४ गते बिहिबार ०६:२८

जिल्ला प्रशासन कार्यालय बागलुङले ताराखोला गाउँपालिका–२ मा चट्याङ लागेर आफन्त गुमाएको एक परिवारलाई आर्थिक राहत प्रदान गरेको छ । वैशाख २ गते चट्याङ लागेर मृत्यु भएका खिमानन्द कँडेलको परिवारलाई २ लाख ५० हजार सहयोग गरिएको हो । संघीय...

जिल्ला प्रशासन कार्यालय बागलुङले ताराखोला गाउँपालिका–२ मा चट्याङ लागेर आफन्त गुमाएको एक परिवारलाई आर्थिक राहत प्रदान गरेको छ ।

वैशाख २ गते चट्याङ लागेर मृत्यु भएका खिमानन्द कँडेलको परिवारलाई २ लाख ५० हजार सहयोग गरिएको हो । संघीय सरकारबाट प्राप्त २ लाख र प्रदेश सरकारको ५० हजार रुपैयाँ जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले कँडेलकी पत्नी शान्ति कँडेल शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

कँडेल परिवारलाई थप सहयोग जुटाउनको लागि गाउँपालिकासँग पनि समन्वय गर्न लागेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । चट्याङ लागेर गम्भीर घाइते भएका ४४ वर्षीय कँडेललाई धौलागिरि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

प्रकाशित मिति २०७८ असार २४ गते बिहिबार ०६:२८
प्रतिक्रिया दिनुहोस्