बागलुङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

बागलुङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
२०७८ असार २५ गते शुक्रबार १०:५१

बागलुङमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पताल बाग्लुङमा उपचारको क्रममा १ महिला र १ पुरुष गरि २ जनाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय बाग्लुङका कोरोना फोकल पर्सन देव प्रकाश घिमिरेले दिनुभएको जानकारी...

बागलुङमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पताल बाग्लुङमा उपचारको क्रममा १ महिला र १ पुरुष गरि २ जनाको ज्यान गएको हो ।

स्वास्थ्य कार्यालय बाग्लुङका कोरोना फोकल पर्सन देव प्रकाश घिमिरेले दिनुभएको जानकारी अनुसार कोरोना संक्रमणबाट बागलुङ नगरपालिका–३ स्थित ५५ वर्षिया महिलाको धौलागिरी अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको छ । संक्रमण्काबाट मृत्यु हुनुभएको महिलाको पित्त थैलीमा समस्या रहेको थियो । कोरोना संक्रमण भई अस्पतालको सघन उपचार कक्षमा असार १९ गते भर्ना हुनुभएको उहाँको आज बिहान १ बजे मृत्यु भएको हो ।

यस्तै बागलुङ नगरपालिका–२ का ७७ वर्षको पुरुषको कोरोेना संक्रमण कारण निधन भएको छ । उहाँलाई बहिबार राती अक्सिजन कमि भई अस्पतालमा भर्ना गरेको केही समयपछि मृत्यु भएको घिमिरेले जानकारी दिनुभयो । उहाँको एन्टिजेन्ट वीधिबाट कोरोना पुष्टी भएको थियो । मृत्यु भएका पुरुषमा उक्त रक्तचाप र मधुमेहको समस्या थियो ।

यो संगै बागलुङ जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । जिल्लामा अहिले कोरोनाका सक्रिय संक्रमित २४५ रहेका छन् । केहि समय घट्दो दरमा रहेको संक्रमितको संङ्ख्या अहिले भने बढ्न थालेको छ ।

प्रकाशित मिति २०७८ असार २५ गते शुक्रबार १०:५१
प्रतिक्रिया दिनुहोस्