बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ८ काँडेबास पचुवामा बुधबार काँस काट्न जाने क्रममा १ जनाको मुत्यु भएको छ ।
पँचुवाका ३३ वर्षिय अशोक कडेलको घाँस काट्न जाने क्रममा मुत्यु भएको प्रहरी चौकी हटियाका प्रमुख बाबुराम पुरीले जानकारी दिनुभयो । कँडेल दिउँसो १२ बजे पचुवाकै कुभिन्डो भन्ने ठाँउमा घाँस काट्न भनेर जानुभएको र कडेल अबेर सम्म घर नफर्किएको र फोन समेत नउठेपछि परिवार र आफन्तजनले खोजी गर्दा साँझ साढे ६ बजे गलकोट नगरपालिका वडा नं ८ कै कुभिन्डो भन्ने ठाँउमा पानीको कुलोमा बेहोस अवस्थामा फेला परेपछि उपचारको लागि अस्पताल लाने क्रममा निधन भएको बताइएकोे छ ।
कँडेलले घाँस काट्न जादाँ साथमा लगेको हँसिया र नाम्लो समेत सोहि ठाँउमा रहेकोले कडेलको पानीको कुलोमा लडेर निधन भएको हुन सक्ने प्रहरीको भनाई छ । कडेलको शब पोष्टमार्टनको लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा ल्याईएको छ ।
रेडियो गलकोटबाट










