कालीगण्डकी नदिमा डुबेर बागलुङका २ किशोर बेपत्ता

कालीगण्डकी नदिमा डुबेर बागलुङका २ किशोर बेपत्ता
२०७८ साउन १४ गते बिहिबार ०५:०९

कालीगण्डकी नदिमा डुबेर बागलुङ नगरपालिका–४ का दुई किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर बिकका १३ वर्षीय छोरा अभिशेक बिक र सोही ठाउँ...

कालीगण्डकी नदिमा डुबेर बागलुङ नगरपालिका–४ का दुई किशोर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर बिकका १३ वर्षीय छोरा अभिशेक बिक र सोही ठाउँ बस्ने थम बहादुर पुनका १३ वर्षीय छोरा यमबहादुर पुन बेपत्ता भएका हुन् ।

उनीहरु बिहिबार दिउँसो करिब १ बजेको समयमा पौडी खेल्न गएको डिएसपी हवारीले बताउनुभयो । ४ जना किशोर पौडी खेल्न गएकोमा अन्य दुईजना भने सम्पर्कमा आएका छन् । बेपत्ता दुई किशोरकोे खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ साउन १४ गते बिहिबार ०५:०९
प्रतिक्रिया दिनुहोस्