ढोरपाटन नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

ढोरपाटन नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि
२०७८ साउन १५ गते शुक्रबार ०७:३६

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा आज शुक्रबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको एन्टिजेन परिक्षणमा ढोरपाटन नगरका १ पुरुष र एक महिला गरि २ जनामा कोरोना संक्रमण पुष्टि...

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा आज शुक्रबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको एन्टिजेन परिक्षणमा ढोरपाटन नगरका १ पुरुष र एक महिला गरि २ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रका प्रमुख डाक्टर मिलन मल्लले बताउनुभयो ।

पछिल्ला दिनहरुमा केहि लक्षण सहितका बिरामीहरु स्वास्थ्य केन्द्रमा आउने गरेका छन् । स्वास्थ्य केन्द्रमा उपचाररत केहि पनि नभए पनि १६ जना संक्रमित होम आईसुलेशनमा रहेको डाक्टर मल्लले बताउनुभयो ।

यो संगै ढोरपाटन नगरपालिकामा कोरोना सक्रिय संक्रमितको संङ्ख्या २२ पुगेको छ । कोरोना भाइरस सङ्क्रमण रोक्न जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । बाग्लुङ जिल्लाभर कोरोनाका सक्रिय सङ्क्रमित ३६३ छन् भने ६२ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति २०७८ साउन १५ गते शुक्रबार ०७:३६
प्रतिक्रिया दिनुहोस्