बरेङ – बाग्लुङ जिल्लाको बरेङ गाउँपालिकामा सड्क कालोपत्रे गरेको एक वर्ष नपुग्दैँ उक्लन र खाड्लो पर्न थालेपछि चौतर्फी बिरोध हुन थालेको छ ।
मोटर बाटो कालोपत्रेको जिम्मा केपी कन्सट्रसनले १ करोड ४५ लाख ६५ हजार ६ सय २० रुपैयाँमा गरेको थियो । यद्धपी काम भने पेटी ठेक्कामा रेड स्टार निर्माण सेवाले गरेको जनाईएको छ ।
कालोपत्रे गरिएको सड्क ७ महिना समेत नपुग्दै उक्लने र खाल्डाखुल्डी पर्नुका साथै पानी जम्न थालेपछि स्थानियहरुले बिरोध गर्न थालेका छन् । ठेकेदार कम्पनीले गुणस्तरहीन काम गर्दा स्थानियहरुलाई थप समस्या परेको भन्दै सामाजिक सञ्जालमा उक्त सड्कको तस्विरहरु राखेको देख्न सकिन्छ ।
ठेकेदार कम्पनीले छोटो समयमा गुणस्तरहीन काम गर्दा सिङ्गो गाउँपालिका बद्नाम भईरहेको छ । स्थानिय एक युवाले भन्नुभयो‘ जव विकास निमार्णको काम भैसके पछि त दिर्घकालिन हुनुपर्ने हो, तर यहाँ कालोपत्रे गरेको सात महिना पनि नपुग्दै उक्लिन थाल्यो ।’ फेरि ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याई काम फेरि गराउनुपर्ने स्थानियहरुले माग गरेका छन् ।










