सिटिजन लाईफ इन्स्योरेन्स द्धारा वडिगाडका सुनिल के.सी.को परिवारलाई मृत्यु दावी भुक्तानी

सिटिजन लाईफ इन्स्योरेन्स द्धारा वडिगाडका सुनिल के.सी.को परिवारलाई मृत्यु दावी भुक्तानी

विनोद विश्वकर्मा

@समय नेपाल

२०७८ साउन १९ गते मङ्गलबार ०४:२७

बुर्तिबाङ - सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीद्धारा बागलुङको वडिगाड गाउँपालिका ९ का स्वर्गिय सुनिल के.सी को परिवारलाई आर्थिक दावी भुक्तानी गरीएको छ । सिटिजन लाईफ इन्स्योरेन्स बुर्तिबाङ शाखामा २०७६ बैसाख महिनामा आफनो छोरा समृद्ध...

बुर्तिबाङ – सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीद्धारा बागलुङको वडिगाड गाउँपालिका ९ का स्वर्गिय सुनिल के.सी को परिवारलाई आर्थिक दावी भुक्तानी गरीएको छ ।

सिटिजन लाईफ इन्स्योरेन्स बुर्तिबाङ शाखामा २०७६ बैसाख महिनामा आफनो छोरा समृद्ध के.सीको नाममा हकवाला वसेका ३४ बर्षिय के.सी.को कोभिड १९ का कारण गत २०७८ बैसाख २९ गते उपचारको क्रममा ज्यान गएपछि इन्स्योरेन्स कम्पनीले वीमा सम्झौता वमोजिम विमित तथा परिवारले पाउने सेवा सुविधा स्वर्र्गिय के.सी.को घरमै गएर मृत्यु दावी भुक्तानी र भावि दिनमा पाउने सेवा सुविधाका विषयमा जानकारी गराइएको हो ।

कम्पनीको तर्फदेखि स्वर्गिय के.सी.की श्रीमती कल्पना अधिकारी के.सी.को प्रभु बैँक वडिगाड शाखामा बीमाङ्क रकम बरावर पाँच लाख रुपैयाँ र काजकृया तथा अन्य सुविधा वापत ५० हजार गरी एक मुष्ठ रुपमा बैँक खातामा पाँचलाख पचास हजार रुपैयाँ रकम जम्मा गरिदिएको छ ।

त्यसैगरी के.सीको मृत्यु भएको पछिल्लो महिनादेखि लागु हुने गरी बीमा अवधि समाप्ती सम्म बच्चा समृद्ध के.सी.को अध्ययन खर्च तथा पारिवारीक खर्चका निम्ती बीमाङ्कको १ प्रतिशत अर्थात मासिक पाँचहजार रुपैयाँका दरले वीमित बच्चाको खातामा कम्पनीले रकम जम्मा गरीदिने, बार्षिक रुपमा तिर्नुपर्ने बीमा वापतको किस्ता मिनाहा हुने र बीमा अवधि समाप्ती पश्चात वीमाङ्क रकम र आर्जित वोनस रकम एकमुष्ठ रुपमा वीमितले पाउने सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाका प्रवन्धक छविलाल पाण्डेले बताउनु भयो ।

वडिगाड गाउँपालिका वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर खत्रीको विशेष उपश्थितीमा आयोजित कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. ७ का वडा सदस्य दिपेन्द्र प्रताप के.सी. फुलवारी वचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष प्रताप कुवँर, सँस्थापक अध्यक्ष एवम शिक्षक भरत बहादुर के.सी. ग्रामिण सहकारी सँस्थाका अध्यक्ष लिला बहादुर कुवँर, सिटिजन लाईफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर शिवलाल पाण्डे, अमर बहादुर क्षेत्री, हिमशिला कुवँर, खिमा रेश्मी बुढा, विनोद विश्वकर्मा लगाएत स्थानिय समाजसेवी, बुद्धिजिवीको उपश्थितीमा मृत्यु दावी भुक्तानी कार्यक्रम गरीएको हो ।

आयोजित कार्यक्रममा स्वर्णिय के.सी का बुवा नर बहादुर क्षेत्रीले बोल्दै सिटिजन लाईफ इन्स्योरेन्सले आफनो छोरा गुम्दै गर्दा पिडामा रहेको परिवारलाई आर्थिक रुपमा मल्हम लगाउने काम गरेको बताउनु भयो । आफनो छोराले जम्मा दुई बर्षको दुई किस्ता ६२ हजार रुपैयाँ रकम वीमामा जम्मा गर्दे गर्दा धेरै सेवा तथा सुविधा उपलब्ध गराएकोमा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले थप वोल्दै आफनो र परिवारको सुरक्षाका निम्ती जिवन वीमा महत्वपूर्ण हुने बताउँदै समयमै सवैले आफनो क्षमता अनुसार वीमा गर्न आवस्यक रहेको बताउनु भयो ।

कार्यक्रमकै अवसरमा वडा अध्यक्ष कृष्ण बहादुर खत्री, समाजसेवी भरतबहादुर के.सी, प्रताप कुवँर लगाएतले आफनो धारणा राख्दै वीमाले भौतिक सरिर रहँदा होस या नरहँदा पनी आफनो र परिवारको सुरक्षा र भविष्यका निम्ती आर्थिक रुपमा महत्वपूर्ण सहयोग पुर्याउने बताउँदै सिटिजन लाईफ इन्स्योरेन्सको सेवा तथा सुविधा आफैमा उत्कृष्ट रहेको बताउनु भयो ।

कार्यक्रममा मृत्यु दावी भुक्तानी बापतको सेवा सुविधा सहितको पत्र स्वर्गिय सुनिल के.सी.की श्रीमती कल्पना अधिकारी के.सी.लाई हस्तन्त्रण गरीएको हो । कार्यक्रम सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखा प्रवन्धक छविलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति २०७८ साउन १९ गते मङ्गलबार ०४:२७
प्रतिक्रिया दिनुहोस्