एक बेन्चमा एक मात्र विद्यार्थी,स्वास्थ्यको सम्पुर्ण मापदण्ड पालना गर्नुपर्ने
बाग्लुङका जिल्लाका विभिन्न विद्यालयहरुका यतिबेला कक्षा ११ को वार्षिक परिक्षा सञ्चालन भैरहेको छ ।
सरकारले दोस्रो लहरको कोरोना संक्रमणका कारण कक्षा ११ को वार्षिक परिक्षा स्वास्थ्य मापदण्ड पालना गरि विद्यालयलाई नै सञ्चालन गर्न निर्देशन दिएको थियो । सोहि निर्देशन अनुसार जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ स्थित उत्तरगंगा नमुना माध्यमिक विद्यालयमा आज देखि कक्षा ११ को वार्षिक परिक्षा सुरु गरिएको विद्यालयका प्रध्यानाध्यापक ईश्वरी प्रसाद पौडेलले बताउनुभयो ।
गत साउन ४ गते विद्यालयका शिक्षकहरुको बैठ्कको निर्णय अनुसार कक्षा ११ को वार्षिक परिक्षाको तालिका सार्वजनिक गरिएको थियो । तालिका अनुसार आज २० गतेदेखि सुरु गरिएको परिक्षा साउनको २७ गते सकिने प्रध्यानाध्यापक पौडेलले बताउनुभयो । विद्यालयमा स्वास्थ्यको सम्पुर्ण मापदण्ड पुर्ण रुपमा लागु गरिएको थियो ।
परिक्षर्थीले अनिवार्य माक्स लगाउनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने,गु्रपमा हिड्न नपाउने,परिक्षा हलमा एक बेन्चमा एक जना विद्यार्थी मात्र बस्नुपर्ने, प्रत्यक कक्षामा सेनिटाईजर राखिएको र केहि विरामी विद्यार्थीहरुको लागि छुट्टै कोठाको ब्यवस्थापन मिलाईएको विद्यालयका लेखापाल उत्तम बहादुर महतले बताउनुभयो ।
परिक्षामा आज पहिलो दिन २९७ जना विद्यार्थीले परिक्षा दिएका हुन् । १७ वटा हलमा २६ शिक्षक शिक्षिकाको निगरानीमा पहिलो दिन अनिवार्य अङ्ग्रजी विषयको परिक्षा दिएको महतले जानकारी दिनुभयो । भोली देस्रो दिन अनिवार्य नेपाली विषयको परिक्षा सञ्चालन हुनेछ ।












