बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकामा लडेर एक मजदुरको ज्यान गएको छ ।
निसीखोला गाउँपालिकामा खानेपानीको पाईप जोड्ने बेलामा लडेर बिहीबार दिउँसो मजदुरको मृत्यु भएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ ।
निसीखोला गाउँपालिका—७ राजकुटको सेम्कादेखि चेलाङ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गोर्खाको धार्चो गाउँपालिका—२ केरौजाबेसीबाट बागलुङ आएका २६ वर्षीय वीरे गुरुङको चिप्लिएका कारण लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।
झोलुङ्गे पुल बनाउने क्रममा खानेपानी पाईमा क्षति पुगेपछि पाईप मर्मत गर्दा ढुङ्गामा चिप्लिएका कारण ५० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०७८ साउन २१ गते बिहिबार ०७:३९