ढोरपाटन नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै,मास्क समेत लगाउँदैनन नागरिक

ढोरपाटन नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै,मास्क समेत लगाउँदैनन नागरिक
२०७८ साउन २३ गते शनिवार ०७:४५

दोस्रो लहरको कोरोना संक्रमणदर बाग्लुङमा फेरि बढ्न थालेको छ । पछिल्ला दिनहरुमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य केन्द्रले जनाएको छ । ढोरपाटन नगरपालिका भित्रका २५ जना कोरोना...

दोस्रो लहरको कोरोना संक्रमणदर बाग्लुङमा फेरि बढ्न थालेको छ । पछिल्ला दिनहरुमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य केन्द्रले जनाएको छ । ढोरपाटन नगरपालिका भित्रका २५ जना कोरोना संक्रमित रहेको स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताउनुभयो ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण सहितका विरामीहरुको चाप बढ्न थालेपछि स्वास्थ्य केन्द्रले एन्टिजेन परीक्षणको दायरा बढाएको छ । कोभिडको लक्षण जस्ता विरामी आएपछि गरिएको एन्जिजेन परीक्षणमा देनिकजसो कोरोना संक्रमितहरु देखिने गरेको डाक्टर मल्लको भनाई छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा १ महिला र २ पुरुष गरि ३ जनालाई भर्ना गरिएको छ । अन्य २२ जना घरमा होम आइसोलेशनमा रहेको मल्लले जानकारी दिनुभएको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने समस्या भएर स्वास्थ्य केन्द्रमा आएका उनीहरुमा एन्टिजेन परीक्षण गर्दा कोरोना देखिएको हो । बुर्तिबाङ बजारका २२ जना सक्रिय संक्रमित अहिले होम आइसोलेशनमा रहेको उहाँले बताउनुभयो ।

बजार खुल्ला हुँदै गएको र यातायात समेत सञ्चालनमा आएपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर २५ पुगेको हो । ‘बाहिरबाट सवारीहरु आउने जाने क्रम बढेको र बजार समेत खुल्ला भइदिएपछि समुदायमा कोरोनादर बढ्यो । अहिले बजारमा मास्क समेत नलगाउनेहरुको संख्या बढेको छ । यसले पनि संक्रमण फैलन मद्धत मिलेको डा. मल्लले बताउनुभयो ।

दोस्रो लहरको कोरोना सक्रमण सुरुभए यता बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ४४ जना कोभिड अस्थाई अस्पतालमा भर्ना भइ उपचार गराएका थिए । उनीहरु मध्ये ३७ जना निको भएर घर फर्केका छन् । भर्ना भएका ३ जनाको मृत्यु भएको थियो । बाग्लुङ जिल्लाभर कोरोनाका संक्रिय संक्रमितको संख्या ६ नाघेको छ । आज मात्र जिल्लाभर ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ साउन २३ गते शनिवार ०७:४५
प्रतिक्रिया दिनुहोस्