बडिगाड खोलाले बगाउँदा बुर्तिबाङ खप्तरीबाङबाट साढे दुई वर्षीय बालक वेपत्ता

बडिगाड खोलाले बगाउँदा बुर्तिबाङ खप्तरीबाङबाट साढे दुई वर्षीय बालक वेपत्ता

छबिलाल पाण्डे

@समय नेपाल

२०७८ साउन २४ गते आईतबार ०६:३४

बुर्तिबाङ- शुक्रबार दिउँसो बडिगाड खोलाले बगाउँदा बुर्तिबाङको खप्तरीबाङबाट एक वालक वेपत्ता बनेका छन । गुल्मीको मुसिकोट नगरपालिका(४ घर भई हाल बाबा आमासँग मावली घर ढोरपाटन नगरपालिका(१ खप्तरीबाङ आएका साढे दुई वर्षीय बालक नविन कुमाललाई...

बुर्तिबाङ– शुक्रबार दिउँसो बडिगाड खोलाले बगाउँदा बुर्तिबाङको खप्तरीबाङबाट एक वालक वेपत्ता बनेका छन ।

गुल्मीको मुसिकोट नगरपालिका(४ घर भई हाल बाबा आमासँग मावली घर ढोरपाटन नगरपालिका(१ खप्तरीबाङ आएका साढे दुई वर्षीय बालक नविन कुमाललाई बडिगाड खोलाले बगाएको हो । शुक्रबार दिउँसो साढे २ बजेतिर नविनका १२ वर्षिय दाजु अप्सन कुमाल नुहाउन खोलामा गएको र साथैमा भाईलाई पनि लिएर गएको बताईएको छ ।

अप्सनले नुहाउँदै गर्दा नदी छेउमा खेल्दै गरेका भाईलाई नदिले बगाएको अप्सनले बताएको प्रहरीले जनाएको छ । नदीले बगाएर वेपत्ता बनेका बालकको इलाका प्रहरी कार्यालय बुर्तिबाङ, तथा स्थानीयवासीले शुक्रबारदेखि नै खोजी कार्य जारी राखे पनि हालसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले बताउनुभयो ।

प्रकाशित मिति २०७८ साउन २४ गते आईतबार ०६:३४
प्रतिक्रिया दिनुहोस्