बाग्लुङको गलकोटमा ‘अस्पताल र डाक्टर छन्’ तर पोस्टमार्टम हुदैन् !

बाग्लुङको गलकोटमा ‘अस्पताल र डाक्टर छन्’ तर पोस्टमार्टम हुदैन् !
२०७८ साउन २५ गते सोमबार ११:४५

गलकोट- बाग्लुङ जिल्लाको गलकोटमा पोस्टमार्टम नहुदाँ स्थानियले सास्ती खेप्नु परेको छ ।  गलकोटका विभिन्न घटनामा ज्यान गुमाएका परिवारले आफ्न्तको शव पोष्टमार्टम गर्नको लागि बागलुङ वा बुर्तिवाङ पुयाउनुपर्ने बाध्यता रहेको छ । विगतमा...

पोस्टमार्टम गर्न महँगो भाडा तिर्नुपर्ने स्थानीयको बाध्यता

गलकोट- बाग्लुङ जिल्लाको गलकोटमा पोस्टमार्टम नहुदाँ स्थानियले सास्ती खेप्नु परेको छ ।  गलकोटका विभिन्न घटनामा ज्यान गुमाएका परिवारले आफ्न्तको शव पोष्टमार्टम गर्नको लागि बागलुङ वा बुर्तिवाङ पुयाउनुपर्ने बाध्यता रहेको छ ।

विगतमा साबिकको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विभिन्न घटनामा ज्यान गुमाएका शवको पोस्टमार्टम गरिने भएको भए पनि केहि समय यता पोष्टमार्टम गर्ने डाक्टरहरु र पोस्टमार्टम गर्ने भौतिक संरचना तयार नहुदाँ स्थानियले महँगो भाडा तिरेर पोष्टमार्टम गर्न बागलुङ धौलागिरी अस्पताल तथा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजान बाध्य भएका छन्।

प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्नको लागि डाक्टर भएपनि अहिले सरुवा भएर अन्यन्त्र गएपछि शवको पोष्टमार्टम हुन छोडेको गलकोट नगर अस्पतालका अध्यक्ष नारायणध्वज मल्लले जानकारी दिनुभयो ।

गलकोट नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्ती गरि नगर अस्पताल त बनायो तर सेवा भने कटौति भएको स्थानीयको बुझाई  छ । अहिले नगर अस्पतालमा शवगृह बनिसकेको तर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नभएको र २ जना डाक्टरहरु करारमा रहेपनि फरेन्सिक तालिम प्राप्त नभएकोले पोस्टमार्टम गर्न नसकेको मल्लको भनाई छ ।

२ हप्ताको फरेन्सिक तालिम प्राप्त डाक्टर विना पोस्टमार्टम हुदैंन् अध्यक्ष मल्लले भन्नुभयो, अहिले करारमा रहनुभएका २ जना डक्टरले नैं उत्त तालिम लिनुभएको छैन् ।
अस्पतालमा दरबन्दिमा रहनुभएका डाक्टरको सरुवा भए लगतै नगरपालिकालाई पत्राचार गरेको  बताउदैं अध्यक्ष मल्लले नगरपालिकाले दरबन्दिको डाक्टर छिटै ल्याउने बताएको जानकारी दिनुभयो ।

पछिल्लो समय गलकोटमा प्रत्येक दिन जसो विभिन्न घटनामा ज्यान गुमाएकाहरुको तत्काल पोष्टमार्टम गनुपर्ने र अनुसन्धान गर्नुपर्ने अवस्था रहदाँ समेत गलकोटमा पोष्टमार्टम नहुने भएपछि घण्टौ लगाएर सदरमुकाम बागलुङ र बुर्तिवाङ पठाउनुपरेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी प्रमुख प्रहरी निरिक्षक अर्जुन बम मल्लले जानकारी दिनुभयो ।

कालगति बाहेक अन्य घटनामा ज्यान गुमाएकाहरुको पोष्टमार्टम गरि अनुसन्धानको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ, प्रमुख मल्लले भन्नुभयो, अहिले गलकोटमा पोष्टमार्टम गर्ने सुविधा नभएकोले समयमै पोष्टमार्टम गर्न नसक्दा अनुसन्धानमा समेत समस्या भएको बताउनुभयो । तत्काल पोष्टमार्टम नहुदाँ शवको बाहिरी तथा भित्री कुराहरुको बारेमा समेत बुझ्न समस्या भएको मल्लको भनाई छ ।

पोष्टमार्टमको रिर्पोट तत्काल तयार गर्नुपर्नेे भएपनि अहिले भने बागलुङ तथा बुर्तिवाङ पुयाएर शवको पोष्टमार्टम गर्दा रिर्पोट समेत ढिला आउने गरेको छ । गलकोटमा पोष्टमार्टम नहुदाँ आफुले आफ्नो आफन्तको शव बुर्तिवाङ लगेर पोष्टमार्टन गर्दा निकै सास्ती खेप्नुपरेको केहि दिन यता कुलोमा चिप्लिएर आफन्त गुमाउनुपरेका गलकोट नगरपालिका वडा नं ८ काँडेबासका राम बहादुर परियारले बताउनुभयो ।

आफन्त गुमाउदा आफैमा दुखद रहन्छ। त्यसैमाथि समयमा नै शवको पोष्टमार्टन हुन नसक्दा आफन्तको अन्तिम सँस्कार गर्न समेत ढिलाई हुने गरेको उहाँले गुनासो गर्नुभयो । एकातिर कोरोनाको कहर अर्को तिर वर्खाको समय त्यसैमाथि शवलाई बुतिवाङ बागलुङ पुयाएर पोष्टमार्टम गर्दा मान्छे जुटाउन समेत गाह्रो भयो, परियारले भन्नुभयो,  त्यसैमाथि पोस्टमार्टम गर्न बुर्तिवाङ लैजादा अत्यन्तै महँगो सवारी भाडाले गर्दा आर्थिक मारमा समेत परियो ।

गलकोट नगरपालिका ताराखोला गाँउपालिकामा  पछिल्लो १ महिनाको अवधिमा मात्र विभिन्न घटनामा ८ जनाले ज्यान गुमाएका छन् । भने १ जना बाढिका कारण अझै वेपत्ता रहेको इलाका प्रहरी कार्यालय हरिचौरमा तथ्याङ रहेको छ । नगर अस्पतालमा पोस्टमार्टमको सुविधा हुदाँ गलकोट नगरपालिका, ताराखोला गाँउपालिका लगायतका आसपासका क्षेत्रहरुका स्थानियलाई सहजता भएको थियो ।

स्रोत – रेडियो गलकोट

प्रकाशित मिति २०७८ साउन २५ गते सोमबार ११:४५
प्रतिक्रिया दिनुहोस्