निसीखोला गाउँपालिका २ मा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य ईकाईमा बर्थिङ सेन्टर थप

निसीखोला गाउँपालिका २ मा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य ईकाईमा बर्थिङ सेन्टर थप

टिकाराम भट्टराई

@समय नेपाल

२०७८ साउन २८ गते बिहिबार ०८:४४

बुर्तिबाङ- बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका २ मा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य ईकाईमा बर्थिङ सेन्टर थप गरिएको छ । निसीखोला गाउँपालिका र कर्मा फ्लाईट पाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य ईकाईमा बर्थिङ सेन्टर...

बिवाईसी द्धारा २ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान

बुर्तिबाङ- बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका २ मा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य ईकाईमा बर्थिङ सेन्टर थप गरिएको छ ।

निसीखोला गाउँपालिका र कर्मा फ्लाईट पाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य ईकाईमा बर्थिङ सेन्टर नहुदाँ धेरै गर्भवती महिलाहरुलाई समस्या परेको थियो । सोहि कुरालाई मध्यनजर गदै स्थानियहरुको माग बमोजिम फेयरमेड फाउण्डेसनको सहयोग तथा बिवाईसी बाग्लुङको साझेदारिमा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजना मार्फत बर्थिङ सेन्टरको लागि आवश्यक सम्पुर्ण सामाग्रीहरु प्रदान गरिएको परियोजनाका फिल्ड सुपरभाईजर रामेश्वर शाहले बताउनुभयो ।


केहि गर्भवती महिलाहरुलाई मात्र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने गरिएको थियो । तर धेरै महिलाहरु घरमै सुत्केरी हुने गरेका थिए । जसले गर्दा विभिन्न शारिरीक समस्या देखिनुका साथै ज्यानै समेत जान सक्ने खतरा रहेको थियो । निसीखोला गाउँपालिका र स्थानियको माग अनुसार नै विवाईसीको सहयोगमा बर्थिङ सेन्टर स्थापना गरिएको फिल्ड सुपरभाईजर शाहको भनाई छ ।

यस अघि नै स्थापना भएको स्वास्थ्य इकाईबाट त्यहाँका नागरिकका लागि स्वास्थ सेवा प्रदान गरिदै आएको थियो । उक्त स्वास्थ्य भवनबाट अव स्वास्थ्य सेवा सँगै गर्भवती महिलाका लागि बर्थिङ सेन्टर समेत सञ्चालनमा ल्याईएको हो ।

कार्यक्रममा ग्रामीण स्वास्थ्य सुधार परियोजनाका तर्फबाट बर्थिङ सेन्टर सञ्चालनमा आवश्यक समग्रीहरुको हस्तान्तरण गरिएको छ । करिव २ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य इकाईलाई प्रदान गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा सहित बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्वास्थ्य समस्याका कारण नागरिकले असहजता महसुस गर्न नपर्ने बताउँदै इकाई ईन्चार्ज बिष्णु कार्कीले गर्भवति महिलाहरु असुरक्षित ढंगले घरमै सुत्केरी हुने समस्या समेत हट्ने बताउनुभयो । स्वास्थ्य संस्था टाढा हुनु र व्यवस्थित भवन अभावका कारण भएका समस्या सहज हुँदै जाने उहाँको भनाई थियो ।

अर्नाकोट स्वास्थ इकाईको व्यवस्थापन समितिका सदस्य झम बहादुर कुवंरका अध्यक्षता, सामाजिक परिचालिका भुमिका घर्तिको सञ्चालन र ईकाई ईन्चार्ज बिष्णु कार्कीको स्वागत मन्तब्य रहेको थियो ।

प्रकाशित मिति २०७८ साउन २८ गते बिहिबार ०८:४४
प्रतिक्रिया दिनुहोस्