आजको तस्विर :भालीवाङ खोलामा नव निर्मित पक्की पुल करिब अन्तिम चरणमा

आजको तस्विर :भालीवाङ खोलामा नव निर्मित पक्की पुल करिब अन्तिम चरणमा
२०७८ साउन २८ गते बिहिबार ०१:५३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले स्तरोन्नति गरेको बुर्तिवाङ तमानखोला सडकमा आवश्यक दुई पक्की पुलमध्ये लुकुरबन खोलाको पक्की पुलमा सवारी गुड्न थालेका छन् भने भालिवाङ खोलाको पुल ९५ प्रतिशत...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले स्तरोन्नति गरेको बुर्तिवाङ तमानखोला सडकमा आवश्यक दुई पक्की पुलमध्ये लुकुरबन खोलाको पक्की पुलमा सवारी गुड्न थालेका छन् भने भालिवाङ खोलाको पुल ९५ प्रतिशत सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

यो दुवै पुल बनेपछि बर्खायाममा दुईवटा खोलामा गाडी परिवर्तन गर्नुपर्ने र पैदल यात्राको सकस बेहोर्नुपर्ने बाध्यता अन्त्य हुन थालेको छ । अहिले बुर्तिवाङ–तमानखोला सडक ग्राभेल गरेसँगै बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र पुग्न यात्रुलाई निकै सहज भएको छ तर पुल अभावमा बर्खाको चार महिना समस्या भए पनि आगामी बर्खामा यस्तो समस्या नहुने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरको भनाई छ ।

लुकुरबन खोलाको पुलमा सवारी हिँड्न थाले, भालिवाङमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नौ महिनामा सक्ने गरी २०७७ साल असोज १२ गते निर्माण सुरु भएको भालिवाङ खोला पक्की पुल कोरोनाका कारण केही महिना ढिला गरी सम्पन्न हुन थालेको छ । रु ४ करोड ४२ लाखमा नयाँ बाटो र सूर्योदयरबीएम जेभीले निर्माणको जिम्मा पाएको उक्त पुल ४० मिटर लम्बाइ र आठ दशमलव पाँच मिटर चौडाइको छ ।

तस्विर- इन्जिनीयर हरिशचन्द्र बडू

प्रकाशित मिति २०७८ साउन २८ गते बिहिबार ०१:५३
प्रतिक्रिया दिनुहोस्