बाग्लुङको बडिगाडमा करेन्ट लागेर २१ वर्षीय युवकको मृत्यु

बाग्लुङको  बडिगाडमा करेन्ट लागेर २१ वर्षीय युवकको मृत्यु
२०७८ साउन ३१ गते आईतबार ०५:४९

बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नं ५ दाँग घैयाबारी निवासी २१ वर्षीय रमेश पाईजाको करेन्ट लागेर ज्यान गएको हो । सिमाक स्थायी घर भई दाँगमा डेरा गरेर बस्दै आएका पाईजा आफ्नो...

बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नं ५ दाँग घैयाबारी निवासी २१ वर्षीय रमेश पाईजाको करेन्ट लागेर ज्यान गएको हो ।

सिमाक स्थायी घर भई दाँगमा डेरा गरेर बस्दै आएका पाईजा आफ्नो घरमा विद्युत नभएपछि श्रीमतीको फुपुकोमा मोबाईल चार्ज गर्न भनेर जानुभएको बुझिएको छ ।

मोबाईल चार्ज गर्ने क्रममा लाईटबाट डाटा केबल जोडी चार्ज गर्न खोज्दा चुडेको डाटा केबलबाट करेन्ट प्रवाह भई घटनास्थलमै ज्यान हो । मृतक पाईजाका १ श्रीमती र १८ महिनाकीे छोरी रहेका छन् ।

अहिले मृतक पाईजाको शवलाई पोष्ट मार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिँदै गरेको बताईएको छ ।

प्रकाशित मिति २०७८ साउन ३१ गते आईतबार ०५:४९
प्रतिक्रिया दिनुहोस्