बडिगाड- निरन्तर परेको वर्षातका कारण बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका ९ मा एक ठाडो खोलामा आएको बाढी मैदाले गाउँमा परेको छ ।
मंगलबार राति करिव १२ बजेको समयमा मैदालेका करिव २७ घरमा पानी पसेको स्थानिय टोपबहादुर पुनले बताउनुभयो । राति सबैजना सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानिय जाग्राम बस्न बाध्य बनेको उहाँले बताउनुभयो ।
ईलाका प्रहरी चौकी भिमगिठेमा राति नै खबर गरे पनि प्रहरी बिहान मात्र आउने बताएको स्थानिय निम बहादुर केसीले बताउनुभयो । राति नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरियो तर जनप्रतिनिधि बिहान आईपुगेको भएपनि प्रहरी अझैँ आईनपुगेको केसीले गुनासो गर्नुभयो । वडा अध्यक्ष कृष्ण केसी भर्खरै मात्र घटना स्थलमा पुग्नुभएको छ । त्यहाँ पुग्ने मोटर बाटो समेत बाढीले अवरुद्ध पारेको छ ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको पानीले गाउँमा आईपुग्दा बाढीको रुप लिएको थियो । गाउँका प्रायः सबै घरहरुमा हिलो सहित पानी पसेको छ । खानेपानीका मुहान,स्थानियहरुको तरकारी टनेल, धान खेत समेत बाढीले पुरेको स्थानियहरुले बताएका छन् । घटना र क्षेतिको बारे थप विवरण आउन बाकीँ रहेको छ ।














