बागलुङ जिल्लामा आगामी साताबाट ‘स्मार्ट लकडाउन’ हुने

बागलुङ जिल्लामा आगामी साताबाट ‘स्मार्ट लकडाउन’ हुने
२०७८ भदौ २ गते बुधबार ०५:५४

बागलुङ- देशभरका प्रशासन कार्यालयलाई स्थानीय आबस्यकताको आधारमा स्मार्ट लकडाउन गराउन गृहमन्त्रालयले निर्देशन गरेको छ । मन्त्रालयले पठाएको पत्रमा निशेधाज्ञा वा लकडाउन गराउने सूचकसमेत जानकारी गराएको छ । उक्त सूचक अनुसार कोरोना...

बागलुङ- देशभरका प्रशासन कार्यालयलाई स्थानीय आबस्यकताको आधारमा स्मार्ट लकडाउन गराउन गृहमन्त्रालयले निर्देशन गरेको छ । मन्त्रालयले पठाएको पत्रमा निशेधाज्ञा वा लकडाउन गराउने सूचकसमेत जानकारी गराएको छ । उक्त सूचक अनुसार कोरोना संक्रमणको दर तथा अवस्था हेरेर फरक फरक प्रकृतिको लकडाउन गराउन पाइने भएको छ ।

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले दिएको जानकारी अनुसार लकडाउन गराउनुअघि जिल्लामा अघिल्लो साताको कोरोना संक्रमितको अवस्था बुझ्नुपर्ने छ । क्षेत्रगत अध्ययनको क्रम सुरु भैसकेको उहाँले बताउनुभयो ।‘अघिल्लो साता कोरोनाका कतिजना संक्रमित थिए, कतिजना जटिल समस्याका भए वा मृत्यु कति जनाको भयो त्यसले उक्त स्थानको निशेधाज्ञा तथा लकडाउनलाई लाई निर्धारण गर्छ’ कार्कीले थप्नुभयो ‘प्रशासनले कुनै क्षेत्र बिशेषलाई मात्रै तोकेर पनि निशेधाज्ञा लगाउन सक्नेछ ।’

त्यसका लागि जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसीमा पर्याप्त छलफल भएपछि मात्रै प्रशासनले निर्णय लिने छ । सर्वसाधारणको दैनिकीमा असर नपर्ने गरी स्मार्ट लकडाउनको मोडल बन्ने प्रमुख जिल्ला अधिकारी कार्कीको भनाई छ । बाग्लुङ जिल्लामा कोरोनाका संक्रिय संक्रमितको सङ्ख्या बढ्दो क्रममा छ । आज मात्र जिल्लामा १२१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै आज ४८ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

प्रकाशित मिति २०७८ भदौ २ गते बुधबार ०५:५४
प्रतिक्रिया दिनुहोस्