बागलुङ जिल्लामा आज थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ जिल्लामा आज थप ६२ जनामा कोरोना संक्रमण पुष्टि
२०७८ भदौ ९ गते बुधबार ०६:३५

पछिल्लो २४ घण्टामा बागलुङमा ६२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार पीसिआर परीक्षणबाट ५७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ति मध्ये बागलुङ नगरपालिकाका ३३, गलकोट नगरपालिकाका ४, काठेखोला...

तमानखोला गाउँपालिका संक्रमित शूून्य पालिका बन्यो

पछिल्लो २४ घण्टामा बागलुङमा ६२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार पीसिआर परीक्षणबाट ५७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ति मध्ये बागलुङ नगरपालिकाका ३३, गलकोट नगरपालिकाका ४, काठेखोला गाउँपालिकामा २० संक्रमित रहेका छन् ।

एन्टीजिन परीक्षणबाट ५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ति मध्ये ढोरपाटन नगरपालिकाका १, निसीखोला गाउँपालिकाका २, ताराखोला गाउँपालिकाका १ र बडिगाड गाउँपालिकाका १ संक्रमित रहेका छन् । ८१ जना डिस्चार्ज भएका छन् ।

हाल बागलुङमा कोभिड–१९ का ३ सय ७० जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये बागलुङ नगरपालिकामा १४१, गलकोट नगरपालिकामा ७१, काठेखोला गाउँपालिकामा ४६, जैमिनी नगरपालिकामा ४५, ताराखोला गाउँपालिकामा १६, बरेङ गाउँपालिकामा १४, ढोरपाटन नगरपालिकाकमा ११, अन्यमा १०, निसीखोला गाउँपालिकामा ४, बडिगाड गाउँपालिकामा २ रहेका छन् भने तमानखोला गाउँपालिका संक्रमित शूून्य पालिका बनेको छ ।

प्रकाशित मिति २०७८ भदौ ९ गते बुधबार ०६:३५
प्रतिक्रिया दिनुहोस्