भालुको पित्त सहित ढोरपाटन ४ हुन्द्रफेदीबाट शेरवुर्जा रंगेहात पक्राउ

भालुको पित्त सहित ढोरपाटन ४ हुन्द्रफेदीबाट शेरवुर्जा रंगेहात पक्राउ

टिकाराम भट्टराई

@समय नेपाल

२०७८ भदौ १० गते बिहिबार १०:५३

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन ४ बाट एक व्यक्ति भालुको पित्त सहित पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका ४ हुन्द्रफेदीमा बस्दै आईरहेका ४० वर्षिय चित्र बहादुर शेरवुर्जा भालुको पित्त सहित रंगेहात पक्राउ परेको ईलाका प्रहरी कार्यलय...

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन ४ बाट एक व्यक्ति भालुको पित्त सहित पक्राउ परेका छन् ।

ढोरपाटन नगरपालिका ४ हुन्द्रफेदीमा बस्दै आईरहेका ४० वर्षिय चित्र बहादुर शेरवुर्जा भालुको पित्त सहित रंगेहात पक्राउ परेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

दुर्लभ बन्यजन्तु भालुको पित्तको अबैध कारोबार भई रहेको भन्ने बिशेष सुचना प्राप्त भए पछि बुधबार साझँ ५ बजे प्रहरी हुन्द्रफेदी पुगेको र लुकाई राखेको भालुको पित्त सहित शेरवुर्जालाई पक्राउ गरिएको प्रहरी निरिक्षक वन्तले जानकारी दिनुभयो ।

दुर्लभ बन्य जन्तु भालुको पित्त करिव १८ ग्राम सहित पक्राउ परेका शेरवुर्जालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ । आवश्यक अनुसन्धानका लागि जिल्ला पठाइएको प्रहरी निरीक्षक वन्तको भनाई छ ।

प्रकाशित मिति २०७८ भदौ १० गते बिहिबार १०:५३
प्रतिक्रिया दिनुहोस्