निसीखोलाको एम्बुलेन्स बुर्तिबाङ स्थित ग्यारेजमा अलपत्र,भाडाको एम्बुलेन्समा बिरामी बोक्दै

निसीखोलाको एम्बुलेन्स बुर्तिबाङ स्थित ग्यारेजमा अलपत्र,भाडाको एम्बुलेन्समा बिरामी बोक्दै
२०७८ भदौ ११ गते शुक्रबार ०३:४६

बागलुङ- निसीखोला गाउँपालिकाको एम्बुलेन्स तीन वर्षयता बुर्तिबाङ बजार स्थितद एक ग्यारेजमा अलपत्र राखिएको छ । उता गाउँपालिकाले भाडाको एम्बुलेन्समा बिरामी बोक्दै आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको नाममा रहेको एम्बुलेन्स, जिल्ला...

बागलुङ- निसीखोला गाउँपालिकाको एम्बुलेन्स तीन वर्षयता बुर्तिबाङ बजार स्थितद एक ग्यारेजमा अलपत्र राखिएको छ । उता गाउँपालिकाले भाडाको एम्बुलेन्समा बिरामी बोक्दै आएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको नाममा रहेको एम्बुलेन्स, जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आग्रहमा निसीखोलाको निसी स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । मर्मत गर्नुपर्ने अवस्था आएपछि, ग्यारेजमा ल्याइएको एम्बुलेन्स ग्यारेजमै राखिएको छ । निसी स्वास्थ्य चौकी र गाउँपालिकाले कुनै वास्ता गरेको देखिंदैन ।

निसी स्वास्थ्य चौकीले चालकलाई एम्बुलेन्स सञ्चालनको जिममेवारी दिएको जानाकारीमा आएको छ । तर मर्मतको रकम गाउँपालिकाबाट व्यवस्थापन नभएको भन्दै उक्त एम्बुलेन्स सञ्चालनमा नआएको देखिन्छ । कोरोना कहरका बिच निसीखोला गाउँपालिकाले बिरामी बोक्न मात्र करिव १४ लाख भन्दा बढी रकम खर्च गरेको छ ।

एम्बुलेन्स सञ्चालन गर्न निसी स्वास्थ्य चौकीले स्थानीय रिमबहादुर विश्वकर्मालाई जिम्मा दिएको थियो । मर्मत गर्न स्वास्थ्य चौकी र पालिकाले चासो नदिएकाले ग्यारेजमा रहेको चालक विश्वकर्माको भनाई छ । विकले करिव पाँच महिना एम्बुलेन्स चलाएको र विग्रेको एम्बुलेन्स मर्मत गरेको १ लाख १७ लाख खर्च भएकोमा उक्त बिल स्वास्थ्य चौकी र गाउँपालिकामा पेस गर्दा भुक्तानी नदिएका एम्बुलेन्स कारण अलपत्र परेको उहाँको भनाई छ ।

विकले पोखरा लगेर एम्बुलेन्स मर्मत गरेको तर मर्मतको खर्चको विल माग्ला गाउँपालिकाले २५ हजार मात्र चेक काटेको उहाँले बताउनुभएको छ । एम्बुलेन्सको जिम्मा लिएका रिमबहादुरले मासिक रु.१० हजार संस्थाको खातामा राख्ने शर्तमा जिम्मा दिएको निसी स्वास्थ्य चौकीका प्रमुख जुनी घर्ती मगरले बताउनु भयो । उक्त एम्बुलेन्स निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सहितको समितिले निर्णय गरेर सञ्चालनको जिम्मामा दिएको थियो ।

२०७५ सालमा बुर्तिबाङ स्वास्थ्य केन्द्रबाट निसी स्वास्थ्य चौकीले एम्बुलेन्स जिम्मा लिएर गएको थियो । अहिले तीन वर्षसम्म त्यसको हालखबर नै बेखबर छ । चासो कसैले दिएका छैनन् । अघिल्लो वर्ष उक्त एम्बुलेन्सको अवस्थाको विषयमा स्वास्थ्य चौकीले जिम्मा दिएका विकलाई पत्र काटेर बैठकमा बोलाइएकोमा विक समेत सम्पर्कमा नआएको स्वास्थ्य चौकीका ईञ्चार्ज घर्ती बताउनुहुन्छ ।

विगत तीन वर्षदेखी निसी स्वास्थ्य चौकीको एम्बुलेन्स बुर्तिबाङको पेट्रोलपम्प नजिकै एक ग्यारेजमा बेवारिसे अवस्थामा रहेको छ ।आदर्श अनलाइन

प्रकाशित मिति २०७८ भदौ ११ गते शुक्रबार ०३:४६
प्रतिक्रिया दिनुहोस्